सुरुङ्गा, झापा, २३ फागुन ।  झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहारा फुटबल क्लब पोखरालाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिता गोलरहित बराबरीमा सकिएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।


राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइबे्रकरमा सहारा फुटबल क्लब पोखराका भीषण गुरुङको प्रहार बाहिरिएको थियो भने टीम कप्तान समेत रहेका मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए ।

मनाङका तर्फबाट सुजल श्रेष्ठ, विमल बस्नेत, अन्जन बिष्ट, डोना थापाको प्रहारले जाली चुमेको थियो । पोखराका विजय श्रेष्ठ, रन्दिप पौडेल र विशव अधिकारीले मात्र गोल गर्न सकेका थिए ।

खेलको ‘म्यान अफ द म्याच’ मनाङका अन्जन विष्ट घोषित भए । उनले रु २५ हजार पुरस्कार पाएका छन् ।

बुधबारको पहिलो क्वार्टरफाइनल खेल आयोजक रमपम झापा ११ र सिक्किम युनाइटेडबीच हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!