ओखलढुंगा। ओखलढुंगाको रहस्यमय बान्द्रे भीर घटनाका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २५ गते जिल्लाको सुनकोशी गाउँपालिका ५ मुलखर्क र सिस्नेरी बिचमा पर्ने बान्द्रे भीरमा भएको रहस्यमय घटनाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका ५  मूलखर्कका धीरेन तामाङ, रुपलाल तामाङ र दिपक तामाङ छन् ।

Advertisement

उनिहरुलाई गत बैशाख २५ गते बान्द्रे भीरमा मृत अवस्थामा फेला परेका उदयपुर कटारी नगरपालिकाका ६२ बर्षिय रामबहादुर बुढाथोकीको हत्या गरेको आरोप लागेको छ ।

मृतक बुढाथोकीको भिडबाट लडेर मृत्यु भएको भनिएपनि आफन्तले भने लडेको नभई मारेर फालेको भन्दै किटानी जाहेरी दिएका थिए । जिल्ला अदालतको अन्तिम फैसला नआउदैै पीडितहरुले पुनः उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन् ।

सोहि अनुसार उच्च अदालत बिराटनगर अस्थाई ईजलास ओखलढुंगाले अभियुक्तहरुलाई गत भदौ ८ गते पुर्पक्षका लागि पुनः पक्राउ गर्न आदेश दिएको थियो ।

जस अनुसार ओखलढुंगा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए  । पक्राउ परेका उनीहरुलाई आईतबार नै उच्च अदालतमा म्याद थपका लागि बुझार्ईएको तिमिल्सिनाको भनाई छ ।

मृतक बुढाथोकी आफन्तको बिहेमा जन्ति जान सिस्नेरीतर्फ आउदै गर्दा घटना भएको हो । अभियुक्तहरुले भने एक स्थानिय महिलालाई मृतक बुढाथोकीले जर्बजस्ती हातपात गर्न खोजेको आफुहरुले देखेपछि उनि भाग्ने क्रममा आफै लडेर मृत्यु भएको बयान दिदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!