ओखलढुंगा । ओखलढुंगाको जिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्।

अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन्। आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो। शिक्षक सुजन सुनुवारे भने जुत्ता चाट्न नलगाएको दावी गरेका छन्।

उनले दुई बालकलाई अर्का बालकको खुट्टा ढोग्न लगाएको भने स्वीकार गरेका छन्।घटनाको विषयमा प्रधानाध्यापक नारायण दाहाललाई भन्दा उल्टै गाली गरेको बालक रिकेशकी आमा पम्फाले बताइन्। ‘हेडसरले पनि गाली गर्नुभयो, तिमीहरुका बच्च स्कुल नल्याऊ भन्नुभयो,’ उनले भनिन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!