मौरी व्यावसायबाट लाखौं आम्दानी
बागलुङ, २३ पुस । बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोलेका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेशी मोह त्यागेर उद्यममा लागेका उनले व्यावसायिक सफलता हासिल गरेका हुन् । खत्रीको उद्योगमा वर्षमा ८ सयभन्दा बढी मौरीका घार बन्ने गरेका छन् ।
साठी भन्दा बढी घारमा मौरीपालन गरेका उनले वार...























