पोखरा, २७ पुस ।आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृद्धि गर्नुपर्ने बताएका छन् । बिहीबार कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका  ढकालले उक्त कुरा बताएका हुन् ।

Advertisement

४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औधोगिक उत्पादनमा सहकार्य गर्न नेपालको नीजि क्षेत्र तयार रहेको ढकालले बताए ।  मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधानबमोजिम सबै निकायका निर्वाचन सम्पन्नभइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको अनुभव नेपालको नीजि क्षेत्रले पनि गरेको उनले बताए । कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ बहादुर थापाले महोत्सव सफलताको शुभकामना दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!