चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा
काठमाडौं, ४ माघ। चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ।
पूर्वअर्थ सचिव डा.शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए। उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था भने छैन। यसका लागि अर्थतन्त्रको यो प्रवृत्...

























