नोबेल अस्पतालबाट बार्षिक २१ करोड वरावरको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)
बिराटनगर, १३ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा करिव २१ करोड वरावरको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैत महिनासम्मको अवधिमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
बिपन्न नागरिक औषधि उपचार कोष र आमा सुरक्षा कार्यक्रमसहित अस्पतालको तर्फबाट उक्त मुल्य वरावरको उपचार ...


























