चालु आव नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा
काठमाडौँ, ३० वैशाख । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ ।
कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले रु ११ अर्ब ३२ करोड १८ लाख १९ हजार मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
कम...































