महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी
पथरी, मोरङ, ४ वैशाख । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् ।
आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहँुदा समस्या भएको हो ।
स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्...






























