अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन
अछाम, ४ मंसिर । जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन् ।
घरेलु हिंसा, बलात्कार, छाउपडी, लैंगिक समानतामा विभेद, श्रमलगायतका क्षेत्रमा चरम विभेद हुने गरेको उनीहको भनाइ थियो । “महिलाले रातदिन ...






















