प्रतिनिधि र प्रदेशसभा निर्वाचन: ३२ जिल्लाका ४ हजार ४ सय ६५ केन्द्रमा मतदान जारी
काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन अन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान जारी छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध भएका छन् । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।
संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुस...
























