भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी

भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी

जाजरकोट। जनप्रतिनिधिले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालिका वडा नं ६ का स्थानीयबासीले यहाँको इन्द्रज्योति माविमा तालाबन्दी गरेका छन् । विद्यालयमा मनोमानी तरिकाले भ्रष्टाचार गरेको, विभिन्न शीर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्णबहादुर शाहीले बताउनुभयो । विद्यालयमा तालाबन्दी गर्दै तत्कालीन प्रधानाध्यापक तथा हाल...
उर्लाबारीमा करेन्ट लागेर एकको मृत्यु

उर्लाबारीमा करेन्ट लागेर एकको मृत्यु

उर्लाबारी (मोरङ)। मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साफीको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिनुभयो ।
झापामा नौ वर्षीया बालिकाको हत्या, हत्या आरोपमा दिदीसहित चार पक्राउ

झापामा नौ वर्षीया बालिकाको हत्या, हत्या आरोपमा दिदीसहित चार पक्राउ

सुरुङ्गा (झापा) । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहर...
पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

बुटवल । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो । सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा संवेदनशील अङ्गमा लुकाएको अफिम फेला पारेको हो । पक्राउ पर्नेमा दाङ घोराही...
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मध्यराति १ बजे भक्तपुरबाट सानोठिमीतर्फ मोडिँदै गरेको बा ४ ख ८१८० नम्बरको टिपरले काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइ...
टिपरले किचेर युवकको मृत्यु

टिपरले किचेर युवकको मृत्यु

चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ बतासेमा गएराति टिपरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २२ वर्षीय दिनेश थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । खानेपानी योजनाका लागि राति ११ बजे बालुवा लिएर गएको बा १ ख २९८७ नम्बरको मिनिटिपर उकालो चढ्न नसकी ओत राख्ने क्रममा पछि सरेर गाडीकै सहयोगीको ...
धनकुटामा वाणिज्य बैंकको एटीएम सेवा सुरु

धनकुटामा वाणिज्य बैंकको एटीएम सेवा सुरु

धनकुटा। राष्ट्रिय वाणिज्य बैंक धनकुटा शाखाले एटिएम सेवा सुरु गरेको छ । एटीएम सेवा सञ्चालन भएपछि धनकुटा शाखामा रहेका करिव १२ हजार खातावालालाई खाताबाट पैसा निकाल्न सहज हुने बैंकले जनाएको छ । धनकुटामा राष्ट्रिय वाणिज्य बैंकको यो पहिलो एटीएम हो । धनकुटा बजारमा यसअघि माछापुच्छ«े बैंकको मात्र एटीएम सेवा सञ्चालित थियो । पूर्वाञ्चलमा राष्ट्रिय बाणिज्य बैंकको पहिलो शाखाको रुपमा २०२३ सालमा स्थापना भ...
अनौठो संयोग: बहिनीले खुवाईन दाजुलाई सपथ (फोटो फिचरसहित)

अनौठो संयोग: बहिनीले खुवाईन दाजुलाई सपथ (फोटो फिचरसहित)

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मंगलवार प्रधानमन्त्रीमा निर्वाचित भएपछि बुधवार राष्ट्रपति बिद्यादेवी भण्डारीले देउवासहित मन्त्रीहरुलाई शपथ ग्रहण गराईन । राष्ट्रपति भवन सितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवाले सपथ लिएसँगै उप–प्रधान र मन्त्रीहरुको सपथ ग्रहण गर्ने पालो आयो । शपथ ग्रहण गर्ने मन्त्रीहरुको लाइनमा ज्ञानेन्द्रबहादुर कार्की पनि थिए । उनलाई राष्ट्रपति भण्...
इनरुवामा बस दुर्घटना हुँदा २३ जना घाईते (सवै घाईतेको नामावलीसहित)

इनरुवामा बस दुर्घटना हुँदा २३ जना घाईते (सवै घाईतेको नामावलीसहित)

सुनसरी । सुनसरीको ईनरुवा नगरपलिका–६ स्थित भोटेपुल नजिक बुधबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाईते भएका छन । पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना.४ ख ३९९० नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको ना.६ ख ६४७२ नम्बरको ट्रक र बिपरित दिशाबाट जाँदै गरेको को १ ख ३२२८ नम्बरको टिफरले ठक्कर दिएको हो । दुर्घटनामा परी घाईते भएकाहरुको बिराटनगर र जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको क्षेत्रीय प्रहरी कार्यालय...
सरकारले तोक्यो आफ्नो प्राथमिकताः माघ ७ भित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता

सरकारले तोक्यो आफ्नो प्राथमिकताः माघ ७ भित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले आगामी माघ ७ गतेभित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता जनाएको छ । साथै स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्व घोषित मिति असार १४ मा नै हुने समेत बताएको छ । प्रधानमन्त्री पदमा सपथ लिएपछि देउवाले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा तीन उपप्रधानमन्त्री र चारमन्त्री छन् । बुधबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नयाँ सरकारको प्राथमिकता तोक...
मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

दाङ । तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाख आम्दानी गर्नुहुन्छ । विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालदै आउनुभएको छ । केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको...
प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उहाँ सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा मङ्गलबार प्रधानमन्...
चिनियाँ राष्ट्रपति कजाकिस्तान भ्रमणमा

चिनियाँ राष्ट्रपति कजाकिस्तान भ्रमणमा

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा जानुभएको छ । कजाकिस्तानमा हुने ‘साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनमा सहभागी हुन उहाँ त्यहाँ जानुभएको हो । कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजाबायेभको निमन्त्रणामा राष्ट्रपति सि कजाकिस्तान भ्रमणमा जानुभएको हो । उहाँ त्यहाँ रहँदा एससिओको १७औँ बैठकमा समेत सहाभागी हुनुहुनेछ । उहाँले त्यहाँ आयोजना हुने व...
प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

काठमाडौ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेक...
फरार अभियुक्त १७ वर्षपछि पक्राउ

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट। कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि मङ्गलबार नुवाकोट जिल्ला अदालतमा बुझाएको छ । साविकको घ्याङ्फेदी गाविस–८ का मख्खु भनिने छेव...
असारमा बिहे गर्ने सल्लाह ! गर्भपतन गरेको भन्दै ‘प्रेमिका’को हत्या

असारमा बिहे गर्ने सल्लाह ! गर्भपतन गरेको भन्दै ‘प्रेमिका’को हत्या

काठमाडौं । सञ्चिता तामाङको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका ‘प्रेमी’ प्रशान्त तामाङ छन् । रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता बैशाख ८ गते गंगाहिटीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखा पैतेश्वरका प्रशान्तलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रशान्त र सञ्चिताको झण्डै दुई व...
सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न लिनुपर्ने

सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न लिनुपर्ने

काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन...
प्रधानमन्त्री देउवाद्वारा शपथ

प्रधानमन्त्री देउवाद्वारा शपथ

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । उहाँले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गर्नुभएको थियो । यसअघि उहाँ विसं २०५२ भदौ २७...
पक्की पुल निर्माण भएपछि हजारौँ यात्रुलाई सुविधा

पक्की पुल निर्माण भएपछि हजारौँ यात्रुलाई सुविधा

चौतारा । सिन्धुपाल्चोकको मध्य क्षेत्रस्थित झ्याडी खोलामा पक्की पुल निर्माण भएपछि मध्य र पश्चिम क्षेत्रका बासिन्दाले यातायात सुविधा उपभोग गर्न पाएका छन् । चौतारा साागाचोकगढी नगरपालिका– ७ र इन्द्रावती गाउँपालिका– ९ को बीचमा पर्ने झ्याडी खोलामा सबारीसाधन चल्ने पुल निर्माण भएपछि सदरमुकामबाट सिपाघाट हुँदै छोटोदुरीमा राजधानीसम्मको यातायात सुगम भएको हो । जिल्ला विकास समितिको रु दुई करोड ६० लाखको ...
उपप्रधान तथा अर्थमन्त्री महराको बिदाइ

उपप्रधान तथा अर्थमन्त्री महराको बिदाइ

काठमाडौ। अर्थ मन्त्रालयले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई आज मन्त्रालयमा एक कार्यक्रम गरी बिदाई गरेको छ । सो अवसरमा उपप्रधान एवम् अर्थमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफूले मुलुकमा सङ्घीयता कार्यान्वयनका लागि आर्थिक वर्ष २०७४÷७५ को बजेट स्थानीय तहमा केन्द्रित गरिएको बताउनुभयो । आफू अर्थ मन्त्रालयमा रहँदा कोहीप्रति आग्रह वा पूर्वाग्रह न...
मोरङ मिक्लाजुङका अधिकांशस्थान पहिरोको जोखिममा

मोरङ मिक्लाजुङका अधिकांशस्थान पहिरोको जोखिममा

उर्लाबारी (मोरङ) । सबैजना नजिकिँदो स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेका बेला मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा भने पहिरोको जोखिमबाट त्रस्त छन् । चुरे क्षेत्रका अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि सो गाउँपालिकाका तीनवटा वडाका बासिन्दा त्रस्त बनेका हुन् । गत वर्षको वर्षामा केही स्थानमा पहिरो खसे पनि धेरैजसो पहाड चिरा परेर धसिएपछि जोखिमीमा परेको स्थानीय छबिलाल भट्टराईले बताउनुभयो । ...
नयाँ सरकारको काम र नीतिको आधारमा समर्थन र विरोध : नेता नेपाल

नयाँ सरकारको काम र नीतिको आधारमा समर्थन र विरोध : नेता नेपाल

काठमाडौ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताउनुभएको छ । समसामयिक राजनीतिक विषययमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा सबै तहको निर्वाचन सम्पन्न गराउने नवनिर्वाचित प्रधनमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धता पूरा हुनुपर्नेमा जोड दिनुभयो । ...
नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको भीड

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको भीड

काठमाडौ । नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि उहाँको निवास बूढानीलकण्ठमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको छ । व्यवस्थापिका– संसद्बाट मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पार्टीका सभापतिसमेत रहनुभएका देउवालाई बधाई दिन आज बिहानैदेखि पूर्वमुख्य सचिव, पूर्वसचिव, राष्ट्रसेवक कर्मचारीलगायत नेता कार्यकर्ता एवम् सर्वसाधारणको भीड ला...
महरा उपप्रधान तथा परराष्ट्र र शर्मा गृहमन्त्री

महरा उपप्रधान तथा परराष्ट्र र शर्मा गृहमन्त्री

काठमाडौ। नेकपा (माओवादी केन्द्र)को तर्फबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्नुहुने भएको छ । माओवादी केन्द्रको आज बसेको हेडक्वार्टरको बैठकले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा महरालाई उपप्रधान तथा परराष्ट्र« र जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निर्र्णय गरेको छ । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महरा उ...
कुलो भत्केपछि गाउँ अन्धकारमा

कुलो भत्केपछि गाउँ अन्धकारमा

जुम्ला। तिला गाउँपालिका–४ स्थित भेरीखेला लघु जलविद्युत् आयोजनाको विद्युत् कुलो भत्केपछि साँपुल्ली गाउँ एक महिनादेखि अन्धकार भएको छ । कुलो नजिक ड्याम बाँधिएको ठाउँको जमिन ६० मिटर भाँसिएर भेरीखोलामा मिसिएपछि विद्युत् पूर्णरुपले बन्द भएको उपभोक्ता समितिका अध्यक्ष दीपबहादुर शाहीले बताउनुभयो । १९ किलोवाट उत्पादित विद्युत्बाट लाभान्वित ५०० घरधुरी यसबाट प्रभावित भएको आयोजनाको विद्युत् अपरेटर जितबहादुर ...
कस्तो सपनाको अर्थ के ? बैज्ञानिकको भनाई यस्तो छ

कस्तो सपनाको अर्थ के ? बैज्ञानिकको भनाई यस्तो छ

  सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ । तर स्विजरल्याण्डका शोधकर्ताले भने सपनाको वास्तविक अर्थ रहने र यसले मानिसको जिवनमा प्रभाव पार्ने तथ्य फेला पारेका छन् । स्विस मनोविज्ञ तथा मनोथेरापिष्ट कार्ल जंगले आफ्नो ज...
गच्छदारको दाबी भौतिक पूर्वाधारमा, फोरम लोकतान्त्रिकले दुई मन्त्रीलाई निरन्तरता दिने

गच्छदारको दाबी भौतिक पूर्वाधारमा, फोरम लोकतान्त्रिकले दुई मन्त्रीलाई निरन्तरता दिने

काठमाडौ। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय दाबी गरेका छन् । साथै उनको पार्टीले प्रचण्ड सरकारमा भएका दुई मन्त्रीलाई दोहोर्‍याउने भएको छ । देउवा सरकारमा स्थान सुरक्षित गर्न गच्छदार बैशाख अन्तिम साता प्रचण्ड सरकारमा गएका थिए । त्यसबेला देउवाले आफ्नो सरकारमा उपप्रधानसहित तीन मन्त्रालय दिने बचन दिएको फोरम लोकतान्त...
दृष्ट्रिविहीन विद्यार्थीलाई सुविधायुक्त मोबाइल वितरण

दृष्ट्रिविहीन विद्यार्थीलाई सुविधायुक्त मोबाइल वितरण

पोखरा। अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालले आज प्रदेश नं ४ का कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई अध्ययन सहज बनाउने उद्देश्यले सुविधायुक्त मोबाइल वितरण गरेको छ । सबै प्रकारका अडियो तथा विद्युतीय पुस्तक पढ्न मिल्ने सफ्टवेयरसमेत समावेश भएको सामसुङ अन सेभेन प्रो मोबाइल संस्थाका अध्यक्ष वीरेन्द्रराज पोखरेलले वितरण गर्नुभएको थियो । पृथ्वीनारायण क्याम्...
ट्रक दुर्घटनामा १० घाइते, चालक गम्भीर

ट्रक दुर्घटनामा १० घाइते, चालक गम्भीर

रत्ननगर (चितवन)। चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आज बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९ नं को सामान बोकेको ट्रक बिहान करिब ८ बजे दुर्घटना भएको हो । ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परेकाम...
देउवा प्रधानमन्त्री भएपछि गृह जिल्लामा खुशियाली

देउवा प्रधानमन्त्री भएपछि गृह जिल्लामा खुशियाली

प्रधानमन्त्रीमा निर्वाचित भएपछि नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा खुशियाली मनाउँदै । तस्बिर- धनबहादुर भण्डारी, डडेल्धुरा, रासस
प्रचण्डले आज बालुवाटार छाड्ने

प्रचण्डले आज बालुवाटार छाड्ने

  काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटार छाड्दैछन् । गत वर्ष साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड त्यसको तीन दिनपछि बालुवाटारस्थित सरकारी निवासमा सरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाले प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेर लाजिम्पाटस्थित निजी निवासमा फर्कन लागेका हुन् । राष्ट्रपति कार्य...
error: Content is protected !!