- संगालोखबर सम्वाददाता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मंगलवार प्रधानमन्त्रीमा निर्वाचित भएपछि बुधवार राष्ट्रपति बिद्यादेवी भण्डारीले देउवासहित मन्त्रीहरुलाई शपथ ग्रहण गराईन ।

राष्ट्रपति भवन सितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवाले सपथ लिएसँगै उप–प्रधान र मन्त्रीहरुको सपथ ग्रहण गर्ने पालो आयो ।

Advertisement

शपथ ग्रहण गर्ने मन्त्रीहरुको लाइनमा ज्ञानेन्द्रबहादुर कार्की पनि थिए । उनलाई राष्ट्रपति भण्डारीले अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गराईन । राष्ट्रपति भण्डारीबाट कार्कीले शपथ लिदै गरेको दृश्य धेरैका लागि सामान्य थियो । तर, उनीहरुको भित्री नाता बुझ्नेहरुका लागि रोचक थियो ।

नाताले बहिनी पर्ने राष्ट्रपति भण्डारीबाट शपथ ग्रहण गर्दै अर्थमन्त्री कार्की ।

किनकी, राष्ट्रपति भण्डारीबाट शपथ ग्रहण गर्ने कार्की मन्त्री मात्र नभएर स्वयं राष्ट्रपतिका नाताले दाईसमेत हुन । राष्ट्रपति भण्डारी मामाकी छोरी हुन् भने अर्थमन्त्री कार्की फुपुका छोरा हुन् । भण्डारीका बुबा रामबहादुर पाण्डे र कार्कीकी आमा अम्बिका कार्की दिदी–भाइ हुन् ।

राजनीतिको दुई ध्रुवमा रहेका उनिहरुबीच बुधबार भने विरलै जुर्ने संयोग मिलेको हो ।  भण्डारीले देशको सर्वाेच्च पदमा रहेर सपथ खुवाईन भने कार्कीले देशको ढुकुटीको चाबी लिएर अर्थ मन्त्रीको रुपमा सपथ लिएका हुन ।

सपथ ग्रहणका थप तस्वीरहरु हेर्नुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!