चौतारा । सिन्धुपाल्चोकको मध्य क्षेत्रस्थित झ्याडी खोलामा पक्की पुल निर्माण भएपछि मध्य र पश्चिम क्षेत्रका बासिन्दाले यातायात सुविधा उपभोग गर्न पाएका छन् ।

चौतारा साागाचोकगढी नगरपालिका– ७ र इन्द्रावती गाउँपालिका– ९ को बीचमा पर्ने झ्याडी खोलामा सबारीसाधन चल्ने पुल निर्माण भएपछि सदरमुकामबाट सिपाघाट हुँदै छोटोदुरीमा राजधानीसम्मको यातायात सुगम भएको हो ।

Advertisement

जिल्ला विकास समितिको रु दुई करोड ६० लाखको लगानीमा ५दशमलव४५ मिटर चौडाइ र २५ मिटर लामो सो पुल आव ०७०÷७१ मा १४ महिनामा सम्पन्न गर्ने गरी ठेकेदारसँग सम्झौता भएकामा विसं २०७२को भूकम्प र भारतीय नाकाबन्दीका कारण अढाइ वर्ष ढिलाइ भएको ठेकेदार कम्पनी कान्छाराम शान्तिदेवी जेभीका सञ्चालक राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

करिब डेढदशक अघिबाट अरनीको यातायातले काठमाडौंबाट चौतारा हुँदै भीमटारसम्म केही समय यात्रु बस सञ्चालन गरेको थियो ।

चौताराबाट सिपाघाटसम्म ३६ किमि सडकमध्ये खोलाको बहानामा यातायात सञ्चालन नभएपछि लामो समयदेखि पश्चिम क्षेत्रका यात्रुले १७ किमि बाटो पैदल हिँड्न बाध्य भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!