काठमाडौ। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय दाबी गरेका छन् । साथै उनको पार्टीले प्रचण्ड सरकारमा भएका दुई मन्त्रीलाई दोहोर्‍याउने भएको छ ।

Advertisement

देउवा सरकारमा स्थान सुरक्षित गर्न गच्छदार बैशाख अन्तिम साता प्रचण्ड सरकारमा गएका थिए । त्यसबेला देउवाले आफ्नो सरकारमा उपप्रधानसहित तीन मन्त्रालय दिने बचन दिएको फोरम लोकतान्त्रिकका नेताहरुले बताएका छन् ।

फोरम लोकतान्त्रिक समेतको समर्थनमा देउवा मंगलबार प्रधानमन्त्री बनेका छन् । र, आज सपथ लिएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा जुटेका छन् ।

तर, फोरम लोकतान्त्रिकले भने आफूले पाउने तीनवटै मन्त्रालयमा मन्त्री पठाउने बताएको छ ।

‘विवाद भएका दलहरुबाट पछि गर्नुस् तर, हाम्रो तीनैजना गर्नुस् भनेका छौं’ फोरम लोकतान्त्रिकका एक नेताले अनलाइनखबरसँग भने, ‘तर, सानो टीम बनाउन भनेकाले आज विजय दाइ मात्र जाने सम्भावना छ । बाँकी मन्त्रीपछि नै होला ।’

गच्छदारले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री दाबी गरेका छन् । तर, कांग्रेसले यो मन्त्रालय आफैंसँग राख्न चाहेको छ र ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाउने तयारी छ ।
गच्छदारलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय दिने सम्भावना रहेको कांग्रेस निकट स्रोतले बताएको छ । प्रचण्ड सरकारमा पनि उनले यहि मन्त्रालय सम्हालेका थिए ।

देव र दहिललाई निरन्तरता दिइने

फोरम लोकतान्त्रिकले देउवा सरकारमा पनि जितेन्द्र देव र गोपाल दहितलाई नै मन्त्रीमा निरन्तरता दिने बताएको छ । उनीहरुलाई पुरानै मन्त्रालय दिन माग गरिएको छ ।

प्रचण्ड सरकारमा जितेन्द्र देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहित भूमिसुधारमन्त्री थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!