काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

Advertisement

विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन्धी सामग्री भित्र्याउँदा अनिवार्य नेपाल गुणस्तर प्रमाण चिह्न लिनुपर्ने व्यवस्था गरेको हो ।

विभागका प्रवक्ता रोमी मानन्धरले विदेशमा उत्पादित वस्तु विदेशबाटै नेपाल गुणस्तर प्रमाण चिह्न लगाएर नेपाल ल्याउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म विदेशी सामान नेपालमा ल्याएर गुणस्तर प्रमाणपत्र दिने व्यवस्था थियोे अब विदेशबाटै लगाएर ल्याउनुपर्ने व्यवस्था गरेका छौँ ।”

उहाँले गुणस्तर चिह्न प्रयोग नगरी सामान नेपाल भित्र्याएमा भन्सार कार्यालयको सहयोगमा कारबाही गरिने स्पष्ट पार्नुभयो । अहिलेसम्म नेपालमा ६१ वस्तु र २०३ उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!