जुम्ला। तिला गाउँपालिका–४ स्थित भेरीखेला लघु जलविद्युत् आयोजनाको विद्युत् कुलो भत्केपछि साँपुल्ली गाउँ एक महिनादेखि अन्धकार भएको छ ।

कुलो नजिक ड्याम बाँधिएको ठाउँको जमिन ६० मिटर भाँसिएर भेरीखोलामा मिसिएपछि विद्युत् पूर्णरुपले बन्द भएको उपभोक्ता समितिका अध्यक्ष दीपबहादुर शाहीले बताउनुभयो ।

Advertisement

१९ किलोवाट उत्पादित विद्युत्बाट लाभान्वित ५०० घरधुरी यसबाट प्रभावित भएको आयोजनाको विद्युत् अपरेटर जितबहादुर शाहीले बताउनुभयो । सामान्य मेहनतले कुलो निर्माण हुन नसक्ने भएकाले विद्युत् बन्द भएको उहाँले बताउनुभयो ।

सो कुलो निर्माण गर्न तत्काल रु १० देखि १६ लाख बजेट आवश्यक पर्ने भएकाले कुलो बनाउन नसकिएको उपभोक्ता समितिले जनाएको छ । यसका लागि आर्थिक स्रोत जुटाउन पहल गरिएको छ, अध्यक्ष शाहीले भन्नुभयो । विद्युत् नहुँदा घरेलु तथा साना उद्योग सञ्चालन गर्न गाह्रो हुनुका साथै मोबाइल चार्जका लागि समेत समस्या हुँदै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!