काठमाडौं । सञ्चिता तामाङको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका ‘प्रेमी’ प्रशान्त तामाङ छन् ।

Advertisement

रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता बैशाख ८ गते गंगाहिटीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखा पैतेश्वरका प्रशान्तलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्रशान्त र सञ्चिताको झण्डै दुई वर्ष पहिले चिनजान भएको र हाल प्रेमसम्वन्ध रहेको थियो । उनीहरुको नियमित भेटघाट हुनुका साथै विभिन्न ठाउँमा घुम्न जाने गरेका थिए ।

केही महिनाअघि मात्र प्रशान्तले कोठा खोजेर सञ्चितालाई राखेका थिए र भाडा आफैंले तिर्थे । उनी पनि सञ्चिताको कोठामा बस्ने र बेलाबेला खर्च दिने गरेका थिए ।

उनीहरुबीच असारमा विवाह गर्ने सल्लाह भएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, सञ्चिता गर्भवती भइन् । प्रशान्तले बच्चालाई जन्म दिन चाहेका थिए । तर, सञ्चिताले आफूले बच्चा गर्भपतन गरेको बताएपछि उनीहरुबीच विवाद भयो ।

त्यही क्रममा प्रशान्तले घाँटी थिचेर हत्या गरेको खुलेको छ । हत्यापछि सञ्चिताको शव कोठामा छाडेर भागेका प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि गौशाला वृत्त पठाइएको अपराध महाशाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!