काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटार छाड्दैछन् ।

गत वर्ष साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड त्यसको तीन दिनपछि बालुवाटारस्थित सरकारी निवासमा सरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाले प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेर लाजिम्पाटस्थित निजी निवासमा फर्कन लागेका हुन् ।

Advertisement

राष्ट्रपति कार्यालय शितल निवासमा हुने देउवाको सपथग्रहण कार्यक्रममा सहभागी भएर प्रचण्ड उतैबाट लाजिम्पाटस्थित निजी निवासमा जानेछन् । प्रचण्डको प्रेस सहयोगी मनहरी तिमिल्सिनाले अनलाइनखबरसँग भने, ‘शितलनिवासमा देउवा जीलाई प्रधानमन्त्रीको कुर्सि हस्तान्तरण गरेर उतैबाट लाजिम्पाट जाने कुरा छ ।’

नवनिर्वाचित प्रधानमन्त्री देउवाको सपथग्रहण कार्यक्रम आज दिउँसो पौने २ बजे शितल निवासमा आयोजना गरिएको छ ।

बालुवाटार छाड्नु अघि नै बुझबुझारथ गरिसकेको तिमल्सिनाले जानकारी दिए । ‘हामी बालुवाटार आउँदा खासै सामानहरु ल्याएका थिएनौं । जे जति बुझाउनु पर्ने हो सबै कर्मचारीहरुलाई बुझाइसकेका छौं । थोरै मात्र सामान लाजिम्पाट सारिएको छ,’ उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!