पोखरा। अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालले आज प्रदेश नं ४ का कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई अध्ययन सहज बनाउने उद्देश्यले सुविधायुक्त मोबाइल वितरण गरेको छ ।

Advertisement

सबै प्रकारका अडियो तथा विद्युतीय पुस्तक पढ्न मिल्ने सफ्टवेयरसमेत समावेश भएको सामसुङ अन सेभेन प्रो मोबाइल संस्थाका अध्यक्ष वीरेन्द्रराज पोखरेलले वितरण गर्नुभएको थियो ।

पृथ्वीनारायण क्याम्पसका १२ जना र अन्य दुई गरी १४ जना विद्यार्थीलाई वितरण गरिएको मोबाइल पाउनेमा १० जना छात्रा र चारजना छात्र रहेका छन् ।

संस्थाले मोबाइलसँगसँगै उनहरुले अध्ययन गर्न मिल्ने पुस्तकसमेत उपलब्ध गराएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!