काठमाडौ। अर्थ मन्त्रालयले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई आज मन्त्रालयमा एक कार्यक्रम गरी बिदाई गरेको छ ।

Advertisement

सो अवसरमा उपप्रधान एवम् अर्थमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफूले मुलुकमा सङ्घीयता कार्यान्वयनका लागि आर्थिक वर्ष २०७४÷७५ को बजेट स्थानीय तहमा केन्द्रित गरिएको बताउनुभयो ।

आफू अर्थ मन्त्रालयमा रहँदा कोहीप्रति आग्रह वा पूर्वाग्रह नराखी समान रूपमा काम गरेको अनुभव सुनाउँदै उहाँले अत्यन्त मेहनतका साथ काम गरेर आफूलाई सहयोग गरेकोप्रति मन्त्रालयका कर्चचारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सोही अवसरमा मन्त्रालयका सचिव शान्तराज सुवेदीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि उपप्रधान एवम् अर्थमन्त्री महराले देखाएको मार्गनिर्देशन महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैँकका गर्भनर डा चिरञ्जीवी नेपालले महरा अर्थमन्त्री भएपछि मात्रै नेपालको आर्थिक वृद्धिदर बढेको उल्लेख गर्दै सङ्घीय बजेट ल्याउने पहिलो अर्थमन्त्रीको रूपमा पनि महरा परिचित हुनुभएको हो भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!