किन लगाउन्नन् प्रचण्ड आजकल माला?

किन लगाउन्नन् प्रचण्ड आजकल माला?

काठमाडौं, १४ मंसिर ।  निमोनिया भएपछि झण्डै एकसाता अस्पताल बसेका कांग्रेस नेता विमलेन्द्र निधिले मंगलबार सञ्चारकर्मीसँग आफू विरामी पर्नुको कारण बेमौसमी फूलमाला भएको बताएका थिए। त्यसैले, बुधबार जनकपुर झरेका निधिलाई स्थानीय कार्यकर्ताहरुले स्वगत गर्दा फूलको माला लगाइदिएनन्। अबिर र माला नलगाउने सूची निधि एक्ला छैनन्, बरु निधि भन्दा अगाडि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि ...
काठमाडौ महानगरले दियो सरकारलाई चेतावनी

काठमाडौ महानगरले दियो सरकारलाई चेतावनी

काठामाडौं, १४ मंसिर । काठमाडौ महानगरपालिकाले महानगरभित्रका विकास निर्माणका काम गर्दा महानगरको समन्वयमा गर्ने सहमति विपरित सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै महानगरले कारवाही गर्ने चेतावनी दिएको छ । काठमाडौ महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि महानगरभित्र सञ्चालित विकास निर्माणका काम महानगरको सहमति र समन्वयमा गर्ने भ...
मोबाइल बैंकिङबाट मासिक ५० हजार रुपैयाँभन्दा बढि कारोबार गर्न नपाइने !

मोबाइल बैंकिङबाट मासिक ५० हजार रुपैयाँभन्दा बढि कारोबार गर्न नपाइने !

काठमाडौं, १४ मंसिर । राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ । राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको छ । राष्ट्र बैंकले मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइने प्रस्ताव गरेक...
‘साइबर क्राइम’ नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

‘साइबर क्राइम’ नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

काठमाडौँ, १४ मंसिर । मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् । विश्वभरको ‘बैंकिङ’ प्रणाली‘साइबर क्राइम’को चपेटामा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा मुलुकमा पहिलोपटक साइब...
इटहरीमा नेपालकै ठुलाे पुरसकार रासी भएकाे फुटबल प्रतियाेगिता हुने

इटहरीमा नेपालकै ठुलाे पुरसकार रासी भएकाे फुटबल प्रतियाेगिता हुने

इटहरी, १४ मंसिर । सुनसरीकाे इटहरीमा नेपालकै सर्वाधिक पुरस्कार रासी भएकाे अन्तररास्ट्रिय फुटबल प्रतियाेगिता हुने भएकाे छ । अागामि पुस १५ गते देखि २२ गते सम्म अन्तरास्ट्रिय अामन्त्रण मदन भण्डारी मेमाेरियल इटहरी गाेल्डकपकाे अायाेजना हुने भएकाे हाे । इटहरी स्थित रास्ट्रिय जागृती क्ल्बले अायाेजना गर्न लागेकाे उक्त फुटबल प्रतियाेगितामा रू ११ लाख पुरस्कार रासी घाेषणा गरीएकाे छ जुन नेपालमै सर्वाधिक ठुल...
धनकुटालाई प्रादेशिक राजधानी बनाउँन भूमिका खेल्छु: ईन्द्रमणी पराजुली

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन भूमिका खेल्छु: ईन्द्रमणी पराजुली

धनकुटा, १४ मंसिर । बाम गठबन्धनको तर्फबाट धनकुटा क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्रमणी पराजुलीले आफु बिजयी भएपछि धनकुटालाई प्रादेशिक राजधानी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन । धनकुटाको लेगुवा, चानुवा लगायत स्थानमा भएको बाम गठबन्धनको चुनावी सभालाई संबोधन गर्दै पराजुलीले यस्तो बताएका हुन । प्रदेशसभाको बहुमतले प्रदेशको राजधानी तोक्ने भएकाले बाम गठबन्धनको जितले मा...
झापा पुगेर केपी अोलीले भने: राप्रपालाई कुनै हालतमा धोका दिँदैनौँ

झापा पुगेर केपी अोलीले भने: राप्रपालाई कुनै हालतमा धोका दिँदैनौँ

भद्रपुर, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग गठबन्धन भएको झापा– ३ मा एमालेले ‘म्याच फिक्सिङ’ नगर्ने बताएका छन्। झापाको बिर्तामोडमा बिहीबार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले ‘एमालेले जसलाई समर्थन गर्छ, खुला रूपमा गर्छ, जालसाजी गर्न जान्दैन।’ उनले पत्रिकाको नामै लिएर भने, ‘कान्तिपुर जस्तो राष्ट्रिय दैनिकले आज मुख्य पृष्ठमा एमालेले झापा– ३ मा कांग्रेससँग म्याच फिक्...
जग्गाको लालपूर्जा उपलब्ध गराउँने राजेन्द्र राईको प्रतिवद्धता

जग्गाको लालपूर्जा उपलब्ध गराउँने राजेन्द्र राईको प्रतिवद्धता

धनकुटा, १४ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिंदै जाँदा वाम गठबन्धनले धनकुटामा चुनावी गतिविधिलाई तिब्रता दिइरहेको छ । यसैक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र राई लगायत नेताको उपस्थितिमा जिल्लाको चानुवा र लेगुवामा चुनावी सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार राईले लेगुवाका लालपूर्जा बिहिन वस्तिलाई लालपूर्जा उपलब्ध गराउने प्...
म्याङलुङ्गमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले भने-अबको पचास वर्षसम्म बामपन्थीको एकलौटी सरकार हुन्छ

म्याङलुङ्गमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले भने-अबको पचास वर्षसम्म बामपन्थीको एकलौटी सरकार हुन्छ

तेह्रथुम, १४ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावपछि वामपन्थीहरुको बहुमतको सरकार बन्ने बताएका छन । तेह्रथुमको म्याङलुङ्गमा संयुक्त बाम गठबन्धनले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता भट्टराईलेभने, ‘म सिंहवाहिनी मन्दिरको अगाडि बसेर घोषणा गर्छु, अब यो देशमा पचास वर्षसम्म बामपन्थीको एकलौटी सरकार बन्छ ।’ वाम एकताले नेपाली कांग्रेस आत्तिएको र...
विश्व एड्स दिवस : नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआईभी संक्रमित

विश्व एड्स दिवस : नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआईभी संक्रमित

काठमाडौं, १४ मंसिर । शुक्रबार ३० औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ । डिसेम्बर १ अर्थात शुक्रबार ३० औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउन लागिएको विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । यस वर्षको विश्व एड्स दिवसको नारा मेरो स्वास्थ्य मेरो अधिकार रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय एड...
८० न्यायाधीश नियुक्तिको संवैधानिकताको परीक्षण आज

८० न्यायाधीश नियुक्तिको संवैधानिकताको परीक्षण आज

काठमाडौँ, १४ मंसिर । सर्वोच्च अदालतले १३ महिना अगाडि उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशहरूको नियुक्तीको संवैधानिकताको अन्तिम परीक्षण आज गर्ने  भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बर बहादुर शाहीको पूर्ण इजलासले सो को लागि १०ः३० बजेदेखि सुनुवाई तय गरेको हो । सर्वोच्च अदालतको दैनिक पेशीसूचीमा उक्त मुद्दा आज एकै नम्बरमा राखी सुनुवाइ तय गरेको हो। तत्कालिन ...
स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

काठमाडौँ, १४ मंसिर । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ । मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण वेबसाइटमा प्राप्त गर्न सन्छि । यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन...
सरकारलाई सचेत गराउन आयोगसमक्ष एमालेको माग

सरकारलाई सचेत गराउन आयोगसमक्ष एमालेको माग

काठमाडौँ, १४ मंसिर ।  नेकपा (एमाले), केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको जनाउँदै सोबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता विपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक ...
विदेशबाट फोन आउदा टेलिकमको नम्बर देखिए १८८ मा फोन गर्न आग्रह

विदेशबाट फोन आउदा टेलिकमको नम्बर देखिए १८८ मा फोन गर्न आग्रह

काठमाडौै, १४ मंसिर । नेपाल टेलिकमले पछिल्लो समय  विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको पाइएकोले त्यसरी फोन आउने फोन अवैद्य भएको भन्दै १८८ नम्बरमा फोन गरेर सहयोग गर्न आग्रह गरेको छ । टेलिकमले त्यसरी आउने फोनको गुणस्तरीयता नहुने र टेलिकम कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन ग्राहकहरुलाइ अनुरोध गरेको छ ।  टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले विदेशबाट कल...
उदयपुरमा उम्मेदवारसमेत पर्ने गरी एम्बुस थाप्ने योजनाकार पक्राउ

उदयपुरमा उम्मेदवारसमेत पर्ने गरी एम्बुस थाप्ने योजनाकार पक्राउ

गाईघाट, १४ मंसिर । बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेँसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ। उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताए। अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ। ...
मतपेटिका कुर्न दलका कार्यकर्ता २४ घण्टे ड्यूटीमा

मतपेटिका कुर्न दलका कार्यकर्ता २४ घण्टे ड्यूटीमा

कालिकोट, १४ मंसिर । यही मंसिर १० गते भएको निर्वाचनको मतपेटिका सुरक्षाका लागि दलका कार्यकर्ता पनि खटिएका छन्। मतपेटिकाको सुरक्षामा दलहरुले कार्यकर्ता खटाएका हुन्। सदरमुकामस्थित जिल्ला अदालतमा राखिएका मतपत्र सुरक्षा गर्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका ७÷७ जना कार्यक्रर्ताले नियमित ड्यूटी गरिरहेका छन्। पहिलो चरणमा भएको निर्वाचनको मतगणना मंसिर २१ मा दोस्रो चरणको मतदान सकिएपछि हुने निर्वाचन आ...
सिञ्चाई कार्यालयका इन्जिनियर ५० हजार घुससहित पक्राउ

सिञ्चाई कार्यालयका इन्जिनियर ५० हजार घुससहित पक्राउ

पोखरा, १४ मंसिर ।  ५० हजार रुपैयाँ घुस माग्ने सिञ्चाई विकास डिभिजन कार्यालय कास्कीका एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार रकमसहित पक्राउ गरेको छ। अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इन्जिनियर गोविन्द भुर्तेललाई पक्राउ गरेको हो। पोखराको बिरौटास्थित सिएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको सिद्धमा १ हजार ७ सय मिटर लामो टाकान्जा टार सिञ्चाई आयो...
कैलालीको लम्कीचुहा नगरपालिका उपप्रमुखको गाडीमा आगजनी

कैलालीको लम्कीचुहा नगरपालिका उपप्रमुखको गाडीमा आगजनी

कैलाली, १४ मंसिर । कैलालीको लम्कीचुहा नगरपालिकाकी वडा नम्बर- १ लम्कीस्थित टीकापुर रोडमा रहेको आफ्नै घरको कम्पाउण्डभित्र पार्किङ गरी राखेको गाडीमा बिहीबार बिहान करिब साढे ३ बजेतिर अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। उपमेयरले प्रयोग गर्ने  बा१६च ६८९९  नम्बरको निजी जीपको अगाडिको भाग पूरै जलेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेकपा एमालेबाट स्थानीय निर्वाचनमा निर्वाचित था...
सुनसरीमा कांग्रेसको सभास्थलनजिकै बम विस्फोट,नाबालकसहित ३ घाइते

सुनसरीमा कांग्रेसको सभास्थलनजिकै बम विस्फोट,नाबालकसहित ३ घाइते

सुनसरी, १४ मंसिर । सुनसरीको इटहरी उपमहानगरपालिका–९ भलाद्मीटोलमा बिहीबार अज्ञात समुहले गराएको बम विस्फोटमा परी एक नाबालकसहित ३ जना घाइते भएका छन्। घाइते हुनेमा धनबहादुर श्रेष्ठ, समृना अधिकारी र एक वर्षिय बालक यौवन न्यौपाने रहेका छन्। घाइतेमध्ये बालकको अवस्था गम्भीर रहेको र तीनै जनाको अहिले धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। नेपाली कांग्रेसले आयोजना गरेको चुना...
सिटिजन्स बैंकले अष्ट्रेलियन डलरको कारोबार गर्ने

सिटिजन्स बैंकले अष्ट्रेलियन डलरको कारोबार गर्ने

काठमाडौं, १४ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा अष्ट्रेलियन डलर (ए.यु.डि) खाता खोली अष्ट्रेलियन डलरको कारोबार सञ्चालन गरेको छ। अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मध्येनजर गरी बैंकले मंगलबारबाट अष्ट्रेलियन डलर कारोबार सुरु गरेको हो। यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई बैकिं...
नेताहरू भोट माग्छन्, तर भोट हाल्ने तरिका सिकाउँदैनन्

नेताहरू भोट माग्छन्, तर भोट हाल्ने तरिका सिकाउँदैनन्

पर्वत, १४ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनले गाउँ, शहर जताततै रौनक आएको छ। उम्मेदवारहरू प्रचार प्रसार र भोट माग्नका लागि गाउँगाउँमा पुग्दै सभा र सम्मेलन गरिरहेका छन्। नेताहरूले मत त माग्छन्, तर भोट कसरी हाल्ने भनेर नसिकाएका कारण जनता भने अलमलमा छन्। निर्वाचनको कारण देशका अन्य जिल्लामा जस्तै पर्वत जिल्लालाई पनि दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको उत्सव...
आर्थिक अनियमितताविरुद्ध विद्यार्थीद्वारा कलेजमा तालाबन्दी

आर्थिक अनियमितताविरुद्ध विद्यार्थीद्वारा कलेजमा तालाबन्दी

लहान, १४ मंसिर । प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन् । प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था दिनानुदिन खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन् । आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भए पनि कलेजले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेक...
ताप्लेजुङमा दमकल बेवारिसे, आगो केले निभाउने ?

ताप्लेजुङमा दमकल बेवारिसे, आगो केले निभाउने ?

ताप्लेजुङ, १४ मंसिर । आगलागीका बेला प्रयोग हुने दमकल फुङ्लिङ नगरपालिकाका लागि खुर्पाकाे बिड भएकाे छ ।  नगरपालिकाले दमकल जतन नगरी  खुला अाकाशमुनि बेवारिसे छाड्दा बिग्रिदै गएकाे छ । दुई वर्षअघि ताप्लेजुङमा ल्याइएको दमकल सुरक्षित स्थानको अभावमा मेची राजमार्गमा रहेको सशस्त्र प्रहरीको चेक प्वाइन्टछेउमा पार्किङ गरी राखिएको छ । खुल्ला आकाशमुनि राखिएको दमकल घाम र पानीले खिया लाग्न थालेको छ । दमकलको रे...
स्वास्थ्य चौकीका लागि सात कट्ठा जग्गादान

स्वास्थ्य चौकीका लागि सात कट्ठा जग्गादान

राजविराज, १४ मंसिर । स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् । सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्व सभापति स्व कृष्णदेव झाको स्मृतिमा उहाँका कान्छा छोरा शैलेन्द्रचन्द्र झा र बुहारी सञ्जु झाले स्व पिताको पुख्र्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि सो जग्गादान गरेका हुन् ।...
धुर्मुस-सुन्तलीको १० औं एनिभर्सरी: कामदारसँग सेलिब्रेसन, दर्शकलाई यस्तो कोशेली

धुर्मुस-सुन्तलीको १० औं एनिभर्सरी: कामदारसँग सेलिब्रेसन, दर्शकलाई यस्तो कोशेली

नेपाली हाँस्यव्यंग क्षेत्रका चर्चित कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तली १० औं बैवाहिक जीवनमा प्रवेश गरेका छन् । यस अवसरमा उनीहरुले एक गीत पनि सार्वजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुको साथमा उनीहरुले १० औं एनिभर्सरी मनाए । आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं दुई सय ६१ कामदारलाई लड्डु खुवाएर...
जो जेलभित्रैबाट प्रधानमन्त्री पत्नीसँग प्रतिस्पर्धा गर्दैछन्

जो जेलभित्रैबाट प्रधानमन्त्री पत्नीसँग प्रतिस्पर्धा गर्दैछन्

कैलाली, १४ मंसिर । कैलाली टीकापुर घटनाका आरोपित तथा कैलाली–५ का प्रतिनिधि सभाका उम्मेदवार लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवासँग मात्र भएको दावी गरेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका थारु टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा छन्। कैलाली निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार थारुले मंगलबार कैलाली कारागारभि...
प्रवासीद्वारा सामुदायिक विद्यालयलाई १३ लाख सहयोग

प्रवासीद्वारा सामुदायिक विद्यालयलाई १३ लाख सहयोग

पर्वत, १४ मंसिर । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् । उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा विपन्न, दलित र गरिब बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले पर्वत पुन मगर कल्याणकारी कोष हङकङले रु १३ लाख सहयोग गरेको हो । जलजला गाउँपालिका र मोदी ग...
भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

भक्तपुरमा कार दुर्घटना, चालकको मृत्यु

भक्तपुर, १४ मंसिर । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगात...
बैतडी सदरमुकाममा खानेपानीको समस्या समाधान

बैतडी सदरमुकाममा खानेपानीको समस्या समाधान

  बैतडी, १४ मंसिर । विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको छ । बैतडी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए । सन् २०१३ देखि निर्माण कार्य शुरु भएको आयोजनाको निर्माण कार्य गत ...
बेनी बजार संरक्षण आयोजनाको काम शुरु

बेनी बजार संरक्षण आयोजनाको काम शुरु

बाबियाचौर, म्याग्दी, १४ मंसिर । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि रु ११ करोडको लागतमा आयोजना शुरु भएको छ । जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङले कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम शुरु गरेको हो । चालु आव २०७४७५ मा नदी कटान निय...
दुर्लभ पाटे बाघ गणना आजबाट

दुर्लभ पाटे बाघ गणना आजबाट

रत्ननगर, चितवन, १४ मंसिर । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो । निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने ज...
error: Content is protected !!