क्यान निलम्बन फुकुवा चाँडै–मन्त्री विश्वकर्मा

क्यान निलम्बन फुकुवा चाँडै–मन्त्री विश्वकर्मा

काठमाडौँ, २२ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्गचित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गर्नुभयो । ...
क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाएः अध्यक्ष प्रचण्ड

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाएः अध्यक्ष प्रचण्ड

काठमाडौँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकामा बधाई तथा शुभकामना दिनुभएको छ । इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग आज आफ्नै निवास खुमलटामा भेटवार्ताका क्रममा उहाँले यस्तो सद्भाव व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालले नेपालको ऐतिहासिक जितले आफू र आफ्नो पार्टी खुशी भएको पनि बताउनुभएको उहाँको सचिव...
भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी

भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी

पोखरा, २२ माघ । पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ प्रस्थान गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हिँडेको २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन (इथवा)ले आयोजना गर्ने बङ्गाल ट्राभल मार्ट(बिटिएम)...
छ हजार ट्याक्सी चालक कारबाहीमा

छ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७२/७३ मा दुई हजार ७९५, २०७३/७४ मा चार हजार ५१८ र २०७४/७५ मा आठ हजार १२० ट्याक्सी च...
बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु

बाँके, २२ माघ । बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ । घाइते दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइए पनि शाहीको उपचारका क्रममा मृत...
सोलुखुम्बुमा गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

सोलुखुम्बुमा गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

सोलुखुम्बु, २२ माघ ।  माप्य दूधकोशी गाउँपालिकाले विद्यालयस्तरीय परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिकसत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको बैठकले उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी ...
चितवनमा बिकेन बन्दा

चितवनमा बिकेन बन्दा

चितवन, २२ माघ । किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् । पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नप...
चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

कञ्चनपुर, २२ माघ । स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, वडाध्यक्ष, सडक निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिलगायतको रोहवरमा सडक कालोपत्र तत्काल शुरु गर्ने सहमतिपछि आन्दोलित बासिन्दाले सडक सञ्चालन गर्न सहमत भएका हुन् । सुदूरपश्चिम प्रदे...
हतियारसहित तीन पक्राउ

हतियारसहित तीन पक्राउ

धादिङ, २२ माघ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् । उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिनुभयो । विद्...
१ नं प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

१ नं प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

धरान, २२ माघ । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो । सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून...
देवघाटमा विराट ज्ञानमहायज्ञ आजदेखि

देवघाटमा विराट ज्ञानमहायज्ञ आजदेखि

चितवन, २२ माघ । पवित्र तीर्थस्थल देवघाटमा आजदेखि विराट ज्ञानमहायज्ञ महेश सन्यास आश्रमको आयोजनामा गर्न लागिएको छ । महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायण गरिनेछ । महायज्ञमा चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्...
विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणको अनुगमन टोली

विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणको अनुगमन टोली

काठमाडौँ, २१ माघ । नेपाल विद्युत् प्राधिकरणले तराईका जिल्लामा बढी विद्युत् चोरी भएको भन्दै केन्द्रीय कार्यालयबाटै अनुगमन टोली परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रौतहटको गौर क्षेत्रमा विद्युत् चोरी अत्यधिक रहेको गुनासो आएपछि विद्युत् चुहावट नियन्त्रण महाशाखाका इञ्जिनीयर प्रदीपकुमार शर्माको नेतृत्वमा अनुगमन टोली परिचालन गर्नुभएको हो । टोलीले यही माघ १४ देखि २० गतेसम्म...
मुला खाँदा फाइदै फाइदा

मुला खाँदा फाइदै फाइदा

मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ । विशेष गरी हिउँदमा मुला प्रस्तत मात्रामा पाइन्छ । तर वर्षभरि मुला पाउन त्यति मुस्किल हुँदैन । हिउँदमा त ग्रामीण क्षेत्रका प्रायः हरेक घरमा मुला फलेको हुन्छ । यस्तै शहर बजारमा पनि सस्तो र सुलभ रुपमा पाइन्छ । मुलामा विभिन्न भिटामिन तथा फाइबर ह...
शेयर बजार करीब नौ अङ्कले घट्यो

शेयर बजार करीब नौ अङ्कले घट्यो

काठमाडौँ, २१ माघ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८१ बिन्दुले घटेर २४३.२८ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख नौ हजार ८६८ कित्ता शेयर रु ३६ करोड ४३ लाख ६४ हजार ८४९ मूल्यमा खरीद बिक्री भए । कारोवार रक...
बालक मृत्यु घटना : पीडित र अस्पतालबीच सहमति

बालक मृत्यु घटना : पीडित र अस्पतालबीच सहमति

बनियानी, २१ माघ । झापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच आज दुई बुँदे सहमति भएको छ । अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५ चारआलीका उमङ्ग राजवंशीका अढाइ वर्षीय छोरा जेनिसको मृत्यु भएको थियो । अस्पतालमा उपचारका क्रममा लापर्वाही भएकाले बालकको मृत्यु भएको भन्दै आइतबार राति बालकका आफन्तले तोडफोड गरेका थिए । बालकको मृत...
बलात्कारको अभियोगमा पक्राउ

बलात्कारको अभियोगमा पक्राउ

रुकुम (पूर्व), २१ माघ । बालिका बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाको शारीरिक अवस्था हेर्दा बलात्कार भएको हुनसक्ने अनुमान...
आर्यन बाबु बन्दै

आर्यन बाबु बन्दै

बिहे गरेको करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्ने भएका छन् । आर्यनले प्रेमिका सपना भण्डारीसँग वि.सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । वुझिएअनुसार, आर्यन पत्नी सपनाले फागूणको अन्तिममा सन्तानलाई जन्म दिदैछिन् । नायक आर्यन सिग्देल अहिले चलचित्रको छायांकनका लागि सिक्किममा छन् । चलचित्र ‘हजार जुनी सम्म’को छायांकन सकेपछि आर्यन पत्नी सपनालाई पुरा समय दिने तयारीमा छन् । आर्यन र सपनाले करिब ४...
विराटनगरमा करेण्ट लागेर तीन जना घाइते

विराटनगरमा करेण्ट लागेर तीन जना घाइते

विराटनगर, माघ २१ ।  विराटनगर बिजुलीको तार सार्ने क्रममा एक्कासी लाइन आएपछि करेण्ट लागेर तीन जना घाइते भएका छन् । कोशी राजमार्गको विराटनगर भृकुटी चोक खण्डमा बिजुलीको नयाँ पोलमा तार सार्ने क्रममा करेण्ट लागेर तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर– ४ का ३० बर्षका रिहान मिया, २१ बर्षका मुकेश पासवान र सन्दीप पासवान घाइते भएका हुन् । घाइतेमध्ये रिहानको अवस्था गम्भीर...
युवाका लागि ‘अटो रिक्सा’

युवाका लागि ‘अटो रिक्सा’

बनेपा, माघ २१ । सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरीले अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने गरेको बताउनुहुन्छ । उहाँले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गर्नुभएको डेढ हप्ता भयो । उहाँले यसअघि ललितपुरमा सफा ट्याम्पो चलाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । अटो रिक्साबाट अलि बढी कमाइ हुने भएपछि ट्याम्...
इलाममा चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाममा चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम, २१ माघ । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदे...
मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : पूर्वप्रधानमन्त्री डा भट्टराई

मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : पूर्वप्रधानमन्त्री डा भट्टराई

खोटाङ, २१ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताउनुभएको छ । ‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङ आउनुभएका डा भट्टराईले यस्तो बताउनुभएको हो । विकास जनताको लागि भएकाले विकास निर्माणका क्रममा जनतालाई उठिबास गराउन नहुने उहाँले तर्क गर्नुभयो । “मध्यपहाडी लोकमार्गमा पर्ने सबै ...
आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

काठमाडौँ, २१ माघ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो । नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौँको पुरानो भाषा र संस्...
रेल खरीद प्रक्रिया सुरु

रेल खरीद प्रक्रिया सुरु

काठमाडौँ, २१ माघ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरीदका लागि रु ५० करोड विनियोजन गरेकामा दुईवटा रेल खरीदका लागि उक्त बज...
चिनी भन्सारमै थन्किए

चिनी भन्सारमै थन्किए

वीरगञ्ज, २१ माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महीना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन । हिन्दूको महान् चाँड दशैँ,...
लागुऔषध कारोवारमा संलग्न छ पक्राउ

लागुऔषध कारोवारमा संलग्न छ पक्राउ

पर्सा, २१ माघ । सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित एक र भन्सार छली भित्र्याइएको रु ३३ लाख बढी मूल्यको कपडासहित ठोरी गाउँपालिकाबाट तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर...
पाँचथरमा २१ स्थानमा सशस्त्र प्रहरी राखिने

पाँचथरमा २१ स्थानमा सशस्त्र प्रहरी राखिने

पाँचथर, २१ माघ । प्रदेश नं १ को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न रु १७ करोड ...
भारतीय युवा इन्जिनियरिङ–एमबीए गरेर नागा साधु बनिरहेका छन्

भारतीय युवा इन्जिनियरिङ–एमबीए गरेर नागा साधु बनिरहेका छन्

भारतीय युवा आफ्नो निकै राम्रो करियर र भविष्य छोडेर यसपटकको कुम्भमा नागा साधु बन्ने शिक्षा लिइरहेको टाइम्स अफ इन्डियाले बताएको छ । कच्छका २७ वर्षीय रजत कुमारले मरीन इन्जिनियरिङमा डिप्लोमा गरेका छन् । तर समुन्द्रको सीमामा आफ्नो उत्कृष्ट करियर छानेर शानदार प्याकेज लिनुको साटो रजतले नागा साधु बन्ने निर्णय लिए । नागा साधु बन्नु सनातन धर्मको तपस्याको सबैभन्दा कठिन विधामध्येको एक हो । रजत जस्तै २९ व...
लालपूर्जाविहीन काडामाण्डौँवासी

लालपूर्जाविहीन काडामाण्डौँवासी

डोटी, २१ माघ । नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आउनुभएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाण्डौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाउनुभयो । मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले विर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका ५३ परिवारलाई जोतभोग गर्ने हकसमेत दिएर उहाँ जानुभयो । उहिलेका ५३ परिवार अहिले करीब ४०० ...
भारतको विमानस्थलभित्रै यात्रुको झोलामा चितुवाको बच्चा

भारतको विमानस्थलभित्रै यात्रुको झोलामा चितुवाको बच्चा

एजेन्सी ।  भारतको एक एरपोर्टमा अनौठो आवाज सुनिन थालेपछि एयरपोर्टका अधिकारीहरु सचेत भए । के रहेछ भनेर खोज्दै जाँदा एकजना यात्रुको झोलामा प्लास्टिकको बास्केटभित्र लुकाएर राखेको करिब एक किलो तौल भएको चितुवाको बच्चा भेटियो । लगेज जाँच गर्ने क्रममा कर्मचारीहरुले त्यो चितुवाको बच्चाको बारेमा सोध्न खोज्दा ती यात्रुले बनावटी कुरा गर्दै ढाँट्न खोजेको अधिकारीहरुले बताएका छन् । ४५ वर्षीय ती यात्रु शनिबार...
शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

काठमाडौँ, २१ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली...
डोनल्ड ट्रम्पले नेपाललाई भारतको हिस्सा बताए

डोनल्ड ट्रम्पले नेपाललाई भारतको हिस्सा बताए

डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार बताएको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जानकारी दिएको छ । अधिकारीले म्यागजिनलाई ट्रम्पले दक्षिण एसियाको नक्सा देखाउँदै नेपाल भारतको हिस्सा भएको बताएको जानकारी दिए । अधिकारीले नेपाल एक स्...
error: Content is protected !!