नुवाकोट । नुवाकोटको साततले दरबारको पाँचौ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुननिर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् ।

Advertisement

उनीहरुले पुरातात्त्विक सम्पदा साततले दरबारलगायत वरिपरिका संरचना छिटो पुननिर्माण गर्न माग गरेका छन् । भूकम्पले क्षति पुर्याएको उक्त दरबार वर्षाले र हुरीले छानाबाट झिँगटी र काठपात झर्ने गरेका छन् ।

‘पुननिर्माण गर्न अब अर्को पृथ्वीनारायण नजन्मेसम्म दरबार बन्लाजस्तो छैन,’ स्थानीय अनुप खण्डाकाले भने, ‘यत्रो ऐतिहासिक सम्पदा खण्डहर बन्ने भो ।’ इतिहास मेटिने र नुवाकोटको पहिचान मासिने चिन्ता जिल्लाबासीमा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!