अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ मा संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिवसका रुपमा लिइन्छ ।

Advertisement

अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन । मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो ।

सन् १५८२ मा पोप चार्ल्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि सन् १५८२ देखि नयाँ वर्षको पहिलो दिनका रूपमा १ जनवरीलाई कायम गरियो । त्यसपछि १ जनवरीलाई नयाँ वर्षका रूपमा मनाउन थालिएपछि अप्रिल १ लाई नयाँ बर्ष मान्नेहरूलाई मूर्खको संज्ञा दिन थालिएको हो ।

अप्रिल १ मा मूर्ख दिवस मनाउनुको अर्को कारण पनि छ ।

अंग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ सन् १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एन्ड टु’ उल्लेख गरे, जसको अर्थ मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इंग्ल्यान्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो, तर पाठकले ३२ मार्च भन्ने बुझे । खासमा मार्च महिना ३१ दिनको हुन्छ । त्यही मार्च महिनाको ३२ औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने एक थरीको विश्वास छ ।

अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवसलाई नेपालमा पनि मनाइँदै आएको छ । सामाजिक सञ्जालको प्रभाव विस्तारपछि त्यसमा झूटा तर रमाइला कुरा पोस्ट हुने क्रम बर्सेनि बढ्दै गएको पाइन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!