धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारणसभा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । गत आर्थिक वर्षमा १० करोड ८९ लाख ३४ हजार दई सय ४७ रुपैयाँ पुँजी रहेकोमा सहकारीले चालु आर्थिक वर्षमा १७ करोड पुर्याएको छ । सहकारीमा पाँच सय ८४ महिला र छ सय ६६ पुरुष गरी जम्मा एक हजार ती...
प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर कमिटीको अध्यक्षमा एम्स कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार सत्यनारायण स्कुलमा भएको भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । यस्तै नगर सचिवमा राजेन्द्र प्रसाद शाह, सह-सचिवमा आर्यन कुमार कलवार, सुभास मण्डल र रोहित खतिवडा चयन भएका छन् । यसैगरी छात्रा प्रमुखमा पूजा पराजुली, सह-छात्रा प्रमुखमा...
मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । मोरङका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-६ गैरीगाउँमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा-६ का २६ वर्षीय अतीत राई छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्या...
विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगर । विराटनगरमा तीन हजार किलो गाँजा जलाएर नष्ट गरिएको छ । तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको गाँजा शनिबार जलाएर नष्ट गरिएको हो । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म बरामद भएको गाँजा एकै स्थानमा संकलन गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न समयमा लागूऔषध कारोबार नियन्त्रणका क्रममा बरामद गरिएको गाँजा मुद्दा प्रक्रियाका ...
मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरे छन् । आज बिहान दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणपछि हात्तीको बथान नजिकै रहेको उत्तरतर्फको चारकोसे जङ्गलतर्फ लागेको स्था...
नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले सपथ लिएका हुन् । उनीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् । उनीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको ज...
सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको विभिन्न स्थानबाट प्रहरीले एक सय १० किलो चार सय ग्राम गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-५ का ६५ वर्षीय भीम लिम्बु र सोही स्थानका ३० वर्षीय ख्याम लिम्बुलाई पक्राउ गरेको हो । अन्य व्यक्तिहरू फरार रहेका सुनसरी प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका-१३ छोटी पुलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ...
कोशीमा धान उत्पादन घट्यो, गतवर्ष भन्दा १९ हजार मेट्रिक टन कमी

कोशीमा धान उत्पादन घट्यो, गतवर्ष भन्दा १९ हजार मेट्रिक टन कमी

विराटनगर । कोशी प्रदेशमा धान उत्पादन घटेको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा झण्डै २० हजार मेट्रिक टन धान उत्पादन घटेको हो । गतवर्ष प्रदेशभरि ११ लाख २२ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो वर्ष ११ लाख दुई हजार नौ सय ४९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । यो गतवर्षको तुलनामा १९ हजार दुई सय ७२ मेट्रिक टनले कमी हो । गतवर्ष दुई लाख ७५ हजार दुई सय ६८ हेक...
चौथो पटक मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

चौथो पटक मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागिएको छ । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने तय भएको छ ।
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-४ स्थित नोबेल अस्पताल नजिकबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका-७ का ५२ वर्षीय हबिब खाँ र हरिनगर-४ का ३० वर्षीय इरसाद आलम छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले हबिबको साथबाट १ सय ३१ ग्राम ब्राउन सुगर बरामद गरिए...
विराटनगरको बाल सुधारगृहबाट भागेकामध्ये तीन जना पक्राउ, चार जना अझै फरार

विराटनगरको बाल सुधारगृहबाट भागेकामध्ये तीन जना पक्राउ, चार जना अझै फरार

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहबाट भागेका एक बाल बिज्याइँकर्ता पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका-६ का १९ वर्षीय उनलाई आज बिहानको राति करिब १ः१५ बजे प्रहरीले पक्राउ गरेको हो । उनलाई विराटनगर महानगरपालिका-४ स्थित कञ्चनबारी नजिकबाट पक्राउ गरिएको मोरङका निमित्त प्रहरी प्रमुख डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् । कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनु...
सुनको मूल्य एकैदिन ३५ सय रुपैयाँ बढ्यो, चाँदी हालसम्मकै उच्च

सुनको मूल्य एकैदिन ३५ सय रुपैयाँ बढ्यो, चाँदी हालसम्मकै उच्च

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय रुपैयाँले बढेर हालसम्मकै ...
कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ

कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ

विराटनगर । विराटनगरको कोशी अस्पतालबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-१ का २० वर्षीय मोहमद राजु छन् । उनलाई आज बिहान ४ः२५ बजे पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो । कारागारमा रहेक...
जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार एक सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ । आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ ...
श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

धनकुटा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । आज पार्टीको भेलालाई सम्बोधन गर्न धनकुटा आएका साम्पाङले यस्तो दाबी गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई बहुमत ल्याउन कसैले नरोक्ने दाबी गरे । देश जोगाउन आफूले पार्टी दर्ता गर्नुपरेको बताउँदै उनले आफूभन्दा देशभक्त देशमा कोही पनि नभएको उल्लेख गरे । पा...
धनकुटाको महालक्ष्मीमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटाको महालक्ष्मीमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ स्थित जितपुरमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । स्वास्थ्य शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँ...
नोबेल मेडिकल कलेजका गौरव एमबीबीएसमा केयूकै उत्कृष्ट

नोबेल मेडिकल कलेजका गौरव एमबीबीएसमा केयूकै उत्कृष्ट

काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको एमबीबीएस कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउदले स्वर्ण पदक जितेका छन् । काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा उनलाई उपकुलपति स्वर्ण पदक प्रदान गरिएको हो । सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सबै मेडिकल कलेजमध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका थिए । दीक्षान्त स...
विराटनगरमा पाँच करोडको लगानीमा खुल्यो विराट स्पोर्ट्स जोन

विराटनगरमा पाँच करोडको लगानीमा खुल्यो विराट स्पोर्ट्स जोन

विराटनगर । विराटनगर महानगरपालिका-३ मा निजी क्षेत्रको लगानीमा विराट स्पोर्ट्स जोन खुलेको छ । आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोडको लगानीमा स्पोर्ट्स जोन खुलेको हो । स्पोर्ट्स जोनको मंसिर २७ गते शनिबार औपचारिक उद्‌घाटन गरिने आज पत्रकार सम्मेलनमार्फत सञ्चालक समितिले जानकारी दिइएको छ । ३० कट्ठा क्षेत्रफलमा तयार गरिएको संरचनाले प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउने...
धनकुटा अस्पताल हस्तान्तरणको पर्खाइमा मनमोहन प्राविधिक विश्वविद्यालय

धनकुटा अस्पताल हस्तान्तरणको पर्खाइमा मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय धनकुटा अस्पताल हस्तान्तरणको पर्खाइमा छ । विश्वविद्यालयले अस्पताल हस्तान्तरण भएको खण्डमा चाँडै मेडिकलतर्फ बिएससी नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी थालेको छ । चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ विषयको पाठ्यक्रम तयार भइसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धता अनुसार चाँडो धनकुटा जिल्ला अस्पताल हस्तान्तरण भए मनमोहनले आगाम...
फाइनल प्रवेशका लागि आज विराटनगर र लुम्बिनी भिड्दै

फाइनल प्रवेशका लागि आज विराटनगर र लुम्बिनी भिड्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज फाइनल प्रवेशका लागि विराटनगर किंग्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । दोस्रो क्वालिफायर अन्तरगत किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा खेल अपराह्‍न ४ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । दुबै टोली फाइनलमा स्थान बनाउने योजनाका साथ मैदानमा उत्रने छन् । विराटनग...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार एक सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर तीन ...
मोरङको रंगेलीबाट नौ क्विन्टल बढी गाँजा बरामद

मोरङको रंगेलीबाट नौ क्विन्टल बढी गाँजा बरामद

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थित विद्युत कार्यालय नजिकैबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सुरेशमान श्रेष्ठको खेतको बीचमा रहेको डुम्रीको रूखमुनि परालले छोपेर लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार गएराति ९ बजे २९ वटा बोरामा प्याक गरेर राखेको अवस्थामा ९ सय २१ किलो बढी गाँजा बरामद भएको छ । ‘खेतमा रहेको परालभित्र लु...
झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी विराटनगरमा पक्राउ

झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी विराटनगरमा पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदी विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २९ वर्षीय पप्पु सिंह भनिने पप्पुकुमार यादव छन् । उनलाई आज दिउँसो विराटनगर-१८ भेडियारीबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनी कर्तव्य ज्या...
धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना घट्दै

धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना घट्दै

धनकुटा । धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना गतवर्षको तुलनामा केही कम भएको पाइएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क पाइएको हो । इन्सेकले सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७१ ओटा घटना अभिलेख गरेको जनाएको छ । जसमा बालअधिकार विरुद्धका ७ः, हत्या १, कुटपिट १, महिलाविरुद्...
सुनसरीको बराहक्षेत्रका तत्कालीन सव-इन्जिनियर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

सुनसरीको बराहक्षेत्रका तत्कालीन सव-इन्जिनियर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव-इन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा मण्डलको शैक्षिक प्रमाणपत्र जाँच गर्दा नक्कली पुष्टि गर्दै आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मण्डलले भारतको बिहार विद्यालय ...
भन्सार एजेन्टको आन्दोलन फिर्ता

भन्सार एजेन्टको आन्दोलन फिर्ता

विराटनगर । भन्सार एजेन्टहरूले आन्दोलन फिर्ता लिएका छन् । आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्तापछि आन्दोलन रोकिएको हो । आन्दोलन रोकिएसँगै भन्सार जाँचपासको काम शुरु भएको छ । महासङ्घले विज्ञप्ति निकालेर माग सम्बोधन गर्न भन्सार विभाग सकारात्मक भएकोले पेन डाउन कार्यक्रम फिर्ता भएको जनाएको छ । यस्तै भन्सार विभागले पनि विज्ञप्ति निकालेर भन्सार एजेन्ट र विभागबीचको वार्ता सकारात्मक रूपम...
धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु

धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१९ मिलनचोकस्थित भित्री सडक खण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अटो चालक धरान-१९ का २४ वर्षीय निमेष भुजेलको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२...
बहुविवाह कसुरमा डीएसपी मधु नेपाल पक्राउ

बहुविवाह कसुरमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहर...
धनकुटाको जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

धनकुटाको जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । स्वास्थ्य शिविर मंसिर २५ र २६ गते बिहान ८ः१५ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति, शल्य चिकित्सा, छाला रोग,...
भन्सार एजेन्टको आन्दोलन आज पनि जारी, राजश्व संकलन प्रभावित

भन्सार एजेन्टको आन्दोलन आज पनि जारी, राजश्व संकलन प्रभावित

विराटनगर । भन्सार एजेन्टहरूको आन्दोलन आज पनि जारी छ ।  मंगलबार भएको वार्ता सकारात्मक नभएपछि आज पनि एजेन्टहरूले पेनडाउन कायमै गरेका हुन् । यसबाट देशभरका भन्सार कार्यालयको काम प्रभावित हुँदा राजस्व सङ्कलन पनि प्रभावित भएको छ । मंगलबारको वार्तामा सरकारले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । तर भन्सार एजेन्ट महासङ्घले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएको छ । आज पनि सरकार र महासङ्घब...
सर्वोच्चको परमादेशपछि हितेन्द्रदेवले सम्हाले प्राधिकरणको कार्यभार

सर्वोच्चको परमादेशपछि हितेन्द्रदेवले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । उनले आज बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएपछि उनी प्राधिकरणको जिम्मेवारीमा पुनः फर्किएका हुन् । शाक्यलाई प्...
error: Content is protected !!