प्रकाश पाक्साँवा

तेह्रथुम। ओत लाग्ने झुपडी बनाउन नसक्दा तेह्रथुमको छथर गाँउपालिका २ खैरेनीका गंगबहादुर लिम्बुको परिवार चुहिने छाप्रोमा रात कटाउन बाध्य छ ।

Advertisement

०७२ सालको भुकम्पले घरमा क्षति पुर्याएपछि बास बस्ने घर बनाउन नसक्दा लिम्बुकाे परिवार छाप्रोमा रात कटाउन बाध्य बनेकाे हाे । अार्थिक स्थिती कमजाेर रहेका लिम्बुकाे परिवारमा २ छोरा र श्रीमती छन ।

आर्थिक अभावका कारण बास बस्ने घर बनाउन नसकेका कारण सानो छाप्रोमा रात कटाउनुपर्ने बाध्यता रहेकाे लिम्बु बताउछन । उनी भन्छन- नानिहरु सानै छन्, आफुले उब्जाएको कमाईले २ महिना पनि धान्दैन ।

अन्य माध्यम केही नहुँदा ज्याला मजदुरी गर्दै आएकाे याे परिवारमा श्रीमान र श्रीमतिले ज्याला मजदुरीबाट कमाएको रकमले हातमुख जोड्न पनि धौ-धौ हुने गरेकाे छ । सानो छाप्रोमा रहेको लिम्बुको परिवार झरी पर्दा गुहार माग्दै अाइपुग्ने गरेको छिमेकी मनबहादुर खड्काकाले बताए ।

आर्थिक अवस्था कम्जोर हुदा नानीहरुलाई एकसरो कपडा लगाउन र दुइ छाक खाना खानसमेत समस्या छ । उनका साना नानीहरु बिद्यालय जाँने गरेपनि चेतना बिकास नहुँदा उनीहरुकाे जन्मदर्ता पनि गरिएकाे छैन ।

भूकम्पले घर क्षती गरेसँगै राज्यले दिने राहतको नाममा ५ हजार बाहेक लिम्बु परिवारमा अरु केही हात परेकाे छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!