द्वन्द्वपीडितलाई रु १२ करोड ३३ लाख वितरण
नुवाकोट ।मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ ।
द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिनुभयो ।
‘शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्य...
