मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलिको १ केजी ५१६ ग्राम अवैद्य सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रहरी टोलीले हेटौडाको रातमाटे प्रहरी चौकीमा काठमाडौबाट विरगञ्जतर्फ गइरहेको टाटासुमोमा लुकाएर लगिदै गरेको सुन बरामद गरेको हो ।
ना १ ज ४०२९ नम्बरको टाटासुमोमा सवार भारत विहारका सुमनकुमारले उक्त सुन काठमाडौबाट विरगञ्ज लगेको प्रहरीले जनाएको छ ।
सुनसँगै प्रहरी सनुमनकुमारलाई समेत नियन्त्रणमा लिएर राजश्वअनुसन्धान विभाग पथलैया पठाएको मकवानपुर प्रहरी प्रमुख डिएसपी वामदेव गौतमले जनाएका छन् । उक्त बरामद सुन ७० लाख ५९ हजार रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ ।