चीनबाट आउन लागेको इन्टरनेटलाई पर्यो बाधा, कहिलेसम्म जोडिएला ?
काठमाडौं । चीनबाट ल्याउन लागिएको इन्टरनेटको लागि हिउँ अवरोध बनेको छ । नेपाल टेलिकमले रसुवा नाका भएर ल्याउन लागेको इन्टरनेटलाई हिउँले अवरोध सिर्जना गरेको हो ।
चीनतर्फ मर्मत गर्नुपर्ने इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएपछि यतिबेलासम्म आइपुग्नुपर्ने चिनियाँ इन्टरनेट अनिश्चित भएको छ । चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको ४ महिना बित्नै लाग्दा पनि चिनियाँ इन्टरनेट जोडिएको छै...
