काठमाडौं।धनुषाको मुझेलियामा भएको जीप दुर्घटनामा एमाले नेतृ तथा सलहेश संग्राहलय निर्माण समितिका सदस्य सरितादेवी चौधरीको निधन भएको छ ।

बिहीबार भएको सो दुर्घटनामा परी नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामरति रामलगायत व्यक्तिहरू गम्भीर घाइते भएका छन् ।

Advertisement

दुर्घटनामा परी रामरति रामका अतिरिक्त सलहेश संरक्षण सम्वद्र्धन विकास समितिका अध्यक्ष तथा प्रदेश नं. २ संगठन कमिटीका सदस्य मागेन कामत, सिरहा जिल्ला कमिटीका सचिवालय सदस्य सागर चौधरी, लहान नगर कमिटीका सदस्य लक्ष्मण यादव, पार्टी वडा कमिटी अध्यक्ष ललिता चौधरीसहित पनि घाइते भएका छन् ।

 त्यस्तै संघीय समाजवादी फोरमका रामपुकार यादव, नेपाली कांगे्रसका अरुणकुमार सिंह, हरेराम राम र चालक दीलिप चौधरीलगायत गम्भीर घाइते भएको र उनीहरुको विराटनगरको नोबेल अस्पताल र न्यूरो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

एमालेले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगत सरितादेवी चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!