काठमाडौं।२३ वर्षअघि हत्या गरी फरार रहेका दुई जना प्रतिबादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले काठमाडौं बालाजुबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्वश्वसहित जन्मकैद सजाय सुनाइएका सप्तरी साविक पकरी गाविस–६ हाल महादेवा गाउँपालिका–१ स्थायी वतन भई काठमाडौं धुम्बाराही डेरा गरी बस्ने ४६ वर्षीय सचिन्द्र यादव र सोही ठाउँका ३५ वर्षीय कारी यादव छन् ।

Advertisement

२०५१ फागुन २० गते राति पकरी चोक सप्तरीमा रामलिला हेरी घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई हतियार प्रहार गरी हत्या भएको थियो । घटनामा संलग्न ५ जना प्रतिबादीहरुमध्ये हालसम्म फरार रहेका दुबैलाई ब्यूरोको टोलीले पक्राउ गर्न सफल भएको हो ।

उक्त कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतको २०६२ चैत ७ गतेको फैसलाले दुवैजनालाई सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर गरेकोमा फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि दुवैलाई केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!