मतदातालाई धन्यवाद दिन जाँदा गाउँपालिका अध्यक्ष सवार मोटरसाईकल दुर्घटना

मतदातालाई धन्यवाद दिन जाँदा गाउँपालिका अध्यक्ष सवार मोटरसाईकल दुर्घटना

धादिङ (मलेखु)। निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ । गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते हुनुभएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । घाइतेको बैरेन...
जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

नुवाकोट । नुवाकोटमा जङ्गली च्याउ खाएर मेघाङ– ३ देउरालीका पाँचजना विरामी भएका छन् । बिरामी हुनेमा वीरबहादुर तामाङ, उहाँको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ रहेका छन् । सोही च्याउ खाएर छिमेकी घरका शुकुमाया तामाङ र उनको नातिनी चाँदनी तामाङ पनि बिरामी परेको देउराली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनञ्जय मिश्रले जानकारी दिनुभयो । बिरामीमध्ये वीरबहादुर, सुमित्रा र शुकुमायाको अवस्था गम्भीर...
१६ जिल्लामा स्थानीय तहको सीमा र संख्या हेरफेर

१६ जिल्लामा स्थानीय तहको सीमा र संख्या हेरफेर

काठमाडाै‌। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नतिसहितको विवरण बिहीबार निर्वाचन आयोगलाई बुझाएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाले सम्पूर्ण विवरण आयोगलाई बुझाउनुका साथै राजपत्रमा छाप्नका लागि पठाइसकिएको बताए । राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तहहरू कार्यान्वयनमा आउनेछन् । स्थानीय तहको कुल संख्या अब ७ सय ४४ बाट बढेर ७...
दुलही नलगेपछि दुलाहासहित जन्ती गाउँलेको कब्जामा

दुलही नलगेपछि दुलाहासहित जन्ती गाउँलेको कब्जामा

बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् । मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैक...
घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

पर्सा। भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट आज अपराह्न घुस रकम लिँदै गरेको अवस्थामा आयोगको कार्यालय काठमाडौँबाट आएको टोलीले जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर झालाई र...
२०७४ जेठ १२ गते शुक्रबारको राशिफल

२०७४ जेठ १२ गते शुक्रबारको राशिफल

मेष–    अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । वृष–    निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । मिथुन–    पर्याप्त धन लाभ हुनेछ । आम्दानी बढ्नेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । कर्कट–    आम्दानि अनि खर्च बराबर जस्तो मात्र होला । काममा मन दिन सकेमा सफल भइने दिन छ । सिंह–    कमाइ...
प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय निर्वाचन सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज साँझ टेलिफोन गरी प्रधानमन्त्री मोदीले निर्वाचनप्रति खुसी व्यक्त गर्दै बधाई दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले देशलाई स्थानीय तहको निर्वाचनमार्फत शान्ति, सुशासन र ...
मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार

मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ । नेपाली दूतावास क्वालालम्पुरको टोलीले गत वैशाख २६ गते घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले भेटघाट गरेको थियो । केन्द्रबाट हवार्इ टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका सिन्धुली, सुनसरी, बागलुङ, पाँचथर, रौतहटलगायत जिल्लाका ५१ जनालाई उद्धार गरी दूत...
मधेसकेन्द्रित दलबीच निर्वाचनमा साझेदारीबारे छलफल

मधेसकेन्द्रित दलबीच निर्वाचनमा साझेदारीबारे छलफल

काठमाडौँ। मधेसकेन्द्रित प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनमा साझेदारी गर्नेबारे बहस सुरु गरेका छन् । आगामी जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गरेर जाने भन्नेबारे राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम र सङ्घीय समाजवादी फोरम नेपालबीच आज छलफल भएको हो । भक्तपुरको सानोठिमीस्थित राजपा नेता महन्थ ठाकुरको निवासमा आज अबेरसम्म भएको तीन शीर्ष नेताको छलफलले कुनै निष्कर्ष...
कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

कैलाली । नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । धनगढी उपमहानगरपालिका–१ बाट अध्यक्षका आकाङ्क्षी उम्मेदवार कृष्णबहा...
सुनसरीमा भएका छुट्टा-छुट्टै घटनामा दुईको मृत्यु

सुनसरीमा भएका छुट्टा-छुट्टै घटनामा दुईको मृत्यु

इटहरी। सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा आज दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारत बेगुराई बागोर घर भई हाल सुनसरीको इनरुवा–२ स्थित चप्पल कारखानामा कार्यरत २५ वर्षीय मेहम्मद नाजिम अन्सारीको आज बिहान सोही घरको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी भोक्राहामा बा ४ ख ५२५५ नंको बसले एक पुरुषलाई ठक्कर दिँदा उ...
निजामती कर्मचारी युनियनद्वारा तलब वृद्धि गर्न माग

निजामती कर्मचारी युनियनद्वारा तलब वृद्धि गर्न माग

काठमाडौँ। नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले कर्मचारीको मनोबल उच्च बनाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न समयसापेक्ष रुपमा कर्मचारीका तलब वृद्धि हुनुपर्ने माग गरेको छ । सङ्घको केन्द्रीय पदाधिकारी टोलीले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई उहाँकै कार्यकक्षमा भेटी कर्मचारीको तलब, उपदान, निवृत्तिभरण, जीवन बिमालगायत सेवासुविधा वृद्धि गर्न गर्न माग गरेको हो । ...
२०७४ जेठ ११ गते विहिवारको राशिफल

२०७४ जेठ ११ गते विहिवारको राशिफल

मेष–    व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ । वृष–    आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, तर पढाइमा भने खासै मन नजाला । मिथुन–    आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउबाट पैसा आउने देखिन्छ । कर्कट–    आज तपाइको नया ठाउको भ्रमणले आर्थिक लाभ हुन सक्छ र कसैबाट समर्थन पनि पाइएला । सिंह–    बौद्धिक क...
धनकुटा नगरमा एमालेका उम्मेदवार घोषणा (नामावली/भिडियोसहित)

धनकुटा नगरमा एमालेका उम्मेदवार घोषणा (नामावली/भिडियोसहित)

धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुधबार धनकुटा नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । दोस्रो चरणमा जेठ ३१ गते हुन लागेको निर्वाचनका लागि एमालेले नगरपालिकाको मेयर, उप–मेयरसहित १० वटै वडाका ५२ जना उम्मेदवार घोषणा गरेको हो । एमालेले धनकुटा नगरको मेयरमा चिन्तन तामाङ्गलाई उठाएको छ । त्यस्तै उप–मेयरमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाईएको छ । एमालेले १ नम्बर वडा अध्यक्षमा निरेन ता...
पुल बनाउने मजदुरको करेन्ट लागेर मृत्यु

पुल बनाउने मजदुरको करेन्ट लागेर मृत्यु

सुरुङ्गा (झापा)। करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मङ्गलबार बेलुका मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचेलाई ढलान मेसिन बन्द गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लाइफला...
२०७४ जेठ १० गते बुधबारको राशिफल

२०७४ जेठ १० गते बुधबारको राशिफल

मेष–    घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । वृष–    अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला । मिथुन–    कमाइ रामै्र संग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, टाढाको यात्राको पनि योग छ । कर्कट–    स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काम...
झापामा लिचीको दाना अड्किएर बालकको मृत्यु

झापामा लिचीको दाना अड्किएर बालकको मृत्यु

सुरुङ्गा (झापा) । लिचीको दाना अड्किएर आज झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन रहेको पशुपति प्राथमिक विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिनुभयो । उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ ।
अब १३ स्थानीय तहको मतपरिणाम आउन बाँकी, हालसम्म १२ हजार ५६३ प्रतिनिधि निर्वाचित

अब १३ स्थानीय तहको मतपरिणाम आउन बाँकी, हालसम्म १२ हजार ५६३ प्रतिनिधि निर्वाचित

काठमाडौँ। पहिलो चरणको स्थानीय तह निर्वाचनबाट १२ हजार ५६३ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले औपचारिकरुपमा जानकारी गराएको छ । संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार आज साँझ ५ बजेसम्ममा २८३ वटा स्थानीय तहमध्ये २७० स्थानीय तहको मतगणना कार्य सम्पन्न उम्मेदवारको विवरण प्राप्त भएको छ । अब १३ स्थानीय तहको मतदानको पूर्ण विवरण प्राप्त हुन बाँकी नै रहेको आयोगल...
पाँच दिनदेखि बेपत्ता कार्की तमोर नदी किनारमा मृत भेटिए

पाँच दिनदेखि बेपत्ता कार्की तमोर नदी किनारमा मृत भेटिए

धनकुटा। पाँच दिन देखि बेपत्ता भएका धनकुटा नगरपालिका–९ मुलघाटका लोकबहादुर कार्की सोमवार मृत अवस्थामा भेटिएका छन । साँझ करिव ५ बजे साँघुरीगढी गाउँपालिका–७ स्थित तमोर नदी किनारमा कार्कीको शव फेला परेको हो । कुहिन लागेको अवस्थामा नदि किनारमा कार्कीको शव भेटिएको धनकुटाका प्रहरी नायव निरीक्षक यदुकुमार कार्कीले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल ल्याईएको छ । कार्की बेपत्ता भ...
धनकुटामा वेवारिसे शव भेटियो

धनकुटामा वेवारिसे शव भेटियो

धनकुटा। धनकुटा नगरपालिका–२ भीरगाउँमा सोमवार (अाज) वेवारिसे शव फेला परेको छ । मंगोलियन अनुहारका करिव ३५ बर्षीय पुरुषको वेवारिसे शव भेटिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए । अपरिचित उक्त ब्यक्ती केही दिन अघि सोही क्षेत्रमा घुमफिर गर्दै आएको स्थानीयबासीले जनाएका छन । स्थानीय पहिरे खोल्सीमा मृत अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ...
पाँचथरमा चट्याङ लागेर मृत्यु

पाँचथरमा चट्याङ लागेर मृत्यु

पाँचथर। याङ्वरक गाउँपालिका–९ मुडेमा चट्याङ लागेर आज अपराह्न बलबहादुर तावाको मृत्यु भएको छ । स्थानीयवासी नन्दकुमार तावाका घरमा परेको चट्याङबाट उनका छोरा बलबहादुर गम्भीर घाइते भएकामा उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिरहामा करेन्ट लागेर बालकको मृत्यु

सिरहामा करेन्ट लागेर बालकको मृत्यु

लहान। सिरहा कल्याणपुर नगरपलिका–६ मा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ । घरमा खेल्ने क्रममा पङ्खा जोडेको नाङ्गो तारबाट करेन्ट लागेर स्थानीय बिनोद महराको पाँच वर्षीय छोरा दीपकको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका मिर्चैयाले जनाएको छ ।
२०७४ जेठ ८ गते सोमवारको राशिफल

२०७४ जेठ ८ गते सोमवारको राशिफल

मेष–    गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला । वृष–    दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । मिथुन–    सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । कर्कट–    नयाँ काममा हात हाल्ने समय छ, यात्राको अवसर पनि मिल्न सक्छ, धनको लाभ पनि होला । सिंह–    ...
२०७४ जेठ ७ गते आइतबारको राशिफल

२०७४ जेठ ७ गते आइतबारको राशिफल

मेष– उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ, नचिताएको काममा पैसा भने खर्च हुने योग छ सावधान रहनुहोला । वृष– आज पढाइलेखाइमा राम्रो हुनेछ, सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ साथै टाढाको यात्रा समेत हुन सक्छ । मिथुन– रोकिएका अधुरा कामहरु पुरा हुने छन भने समस्याको हल हुने छ, गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । कर्कट– खर्च धेरै नै बढ्...
२०७४ जेठ ६ गते शनिवारको राशिफल

२०७४ जेठ ६ गते शनिवारको राशिफल

मेष–    जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । वृष–    लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । मिथुन–    कुनै लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्कट–    सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् ।...
२०७४ जेठ ६ देखि १२ गतेसम्मको राशिफल

२०७४ जेठ ६ देखि १२ गतेसम्मको राशिफल

मेष राशि– पठन पाठनमा राम्रो साता छ । अनुहारमाचमक देखिनेछ । प्रतिस्पर्दात्मककाममा साफलताप्राप्तहोला । वैदेसिक रोजगार व्यवसायवाकाममालाभदायक साता छ । मायालु मान्छेको पूर्ण साथ र सहयोग पाउनु हुनेछ । धर्म कर्म गर्न पाइनेछ ।  काम–काजका कुरामाअनावस्यकबाधाहरु देखिएपनि साताको अन्त्यमा सबै कामहरु बन्नेछन् । बृष राशि–नसोचेको पुरानो मित्र संग भेट हुनेछ । आखामा समस्या हुनसक्छ सावधान रहनुहोला । बोलि संग सम्ब...
लहानमा विद्युत् चोरी गर्ने नौजना पक्राउ

लहानमा विद्युत् चोरी गर्ने नौजना पक्राउ

लहान। अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ परेका नौजनाबाट रु ६४ हजार जरिवाना असुल गरेको छ । टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेका नर्घी, बडहरी, पोखरभिन्डालगायत स्थानबाट नौजना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितर...
कतारमा भएकाे दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाईते

कतारमा भएकाे दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाईते

काठमाडौँ। कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीका चिनक मल्लाह रहेको छ । सो दुर्घटनामा परी दाङका गङ्गाराम चौधरी घाइते भएको दूतावासले जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एव्म अनलाइन मिडिया संस्करणहरुमा भ्रामक ए...
२०७४ जेठ ५ गते शुक्रवारको राशिफल

२०७४ जेठ ५ गते शुक्रवारको राशिफल

मेष–    बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ । वृष–    आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला । मिथुन–    काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । कर्कट–    सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ । सिंह–    मनोरञ्...
मुखमा र जिब्रोमा खटिरा आयो ? यसो गर्नुहोस

मुखमा र जिब्रोमा खटिरा आयो ? यसो गर्नुहोस

काठमाडौं । मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ । यस्तो घाउ स–सानो एक वा धेरै मात्रामा आउन सक्छ । त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्...
असी वर्षीय वृद्ध जेल चलान

असी वर्षीय वृद्ध जेल चलान

बैतडी, ४ जेठ । बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । विसं २०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थ...
error: Content is protected !!