धादिङ।  पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए ।

Advertisement

दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ । टिपर ठक्कर दिएपछि घटनास्थलबाट भागेको र घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको छ । टिपर चालकलाई पछि प्रहरीले पक्राउ गरेको छ ।रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!