अमेरिका। चार इन्च स्क्रिनमध्येकै सबैभन्दा ‘पावरफुल’ मानिएको आइफोन एसइ अब झनै उत्कृष्ट हुने भएको छ।

Advertisement

एप्पलको सबैभन्दा सस्तो आइफोन एसइमा कम्पनीले आफ्नो पछिल्लो मोडल आइफोन ७ को प्रोसेसर राख्ने तयारी गरेको छ।
डेलीमेलका अनुसार कम्पनीले एसइको नयाँ संस्करण ल्याउँदा पहिलेका तुलनामा धेरै गुणा ‘फास्ट’ बनाएर ल्याउने भएको खबर सार्वजनिक भएको छ।

यसमा आइफोन ७ मा भएको ‘ए१०’ चिप प्रयोग गरिनेछ। यसको अपरेटिङ सिस्टम आइओएस ११ हुनेछ।

यतिमात्र नभएर ४ इन्च स्क्रिनको आकार पनि कम्पनीले बढाएर ४.२ इन्च बनाउने सम्भावना छ। यो वर्षको सुरुआतमा कम्पनीले एसइको स्टोरेज बढाएपनि प्रोेससर र विशेषता उही थिए।

नयाँ प्रोसेसर भएको एसइ सेट उत्पादनका लागि ताइवानको विस्ट्रोन कर्पसँग सहकार्य हुने बताइएको छ। यो कम्पनीले अपग्रेड गरिएका आइफोन एसइ पहिले भारतीय बजारमा पठाउनेछ।

एप्पलका सिइओ टिम कुकले विस्ट्रोन कर्पले भारतीय बजारका लागि धेरै काम र पैसा लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन्। चीनमा आइफोनको बजार व्यापक भएकाले उनी भारत ‘अर्को चीन’ हुनेमा पनि आशावादी छन्। भारतको बैंगलोरस्थित कारखानाबाट आइफोन एसइ उत्पादन गरी बिक्री पनि सुरु गरिसकेको छ।

यो कदमले आइफोनको सेयर आगामी ५ वर्षमा दोब्बर हुने आशा कम्पनीको छ।

हाल आइफोन एसइको मूल्य करिब ४१ हजार रुपैयाँ भए पनि नेपाली र भारतीय बजारमा भने फरक छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!