
म ढुङ्गेनी पहाडको
लुङघ्रेङ् गाउमा जन्मिएको
लुङबेका !
मेरो घर खेत बारी आँगन
सबै ढुङ्गेनी पाखामा
अडिएको छ
ठिक अहिले यतिबेला पनि
मेरो वरीपरी ढुङ्गै ढुङ्गा मात्र छ।
वाभोलुङ
मिबोकलुङ
चेन्जेलुङ
सेन्छेलुङ
फक्ताङलुङ
वदाक्लुङ
खेदाक्लुङ
यी अनेक ढुङगाहरुको बीचमा
म उभीएको छु ।
म संग धेर जोडी नखोज
म कबिता लेख्दा लेख्दै
यी अनेक ढुङगाको
अनगीन्ति डाइनामिट पड्किन सक्छु ।
सोच !
ढुङगाको डाइनामिट
अझ शक्तिसाली हुन सक्छ
अझ बिनासकारी हुन सक्छ
अकल्पनिय हुन सक्छ
अभूतपुर्ब हुन सक्छ ।
सम्झ !
म ढुङगेनी गाउँमा जन्मिएर
ढुङगा संगै हुर्किएको
ढुङगा जस्तो मान्छे
मैले ढुङगा बाट
आगो निकाल्ने खेल
खेलेको छु
मैले ढुङगा बाट
पानी निकाल्ने मन्त्र जानेको छु ।
राम्रोरी सोच !
म ढुङगाको डाइनामिट बनेर
नराम्रोरी
पड्किन पनि सक्छु है ।