धनकुटाको रुद्रवारीमा जन्ती बोकेको गाडी दुर्घटना
धनकुटा। धनकुटाको रुद्रवारी नजिक आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन । तेह्रथुमको म्याङलुङ्गबाट जन्ती लिएर झापाको दमक जाँदै गरेको को.१.ज २७९१ नम्बरको बोलेरो जिप बिहान करिव साँढे ८ बजे धनकुटा नगरपालिका–९ रुद्रवारी नजिक खुरिलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गंभीर घाईते भएका तेह्रथुम म्याङलुङ्गका ४५ बर्षीय नन्दलाल खत्री र ३० बर्षीय सन्तोष बस्नेतलाई उपचारका लागि धरान स...
