सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै
बैतडी, १ असोज । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।
विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन रहेको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।
द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिका...
























