भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा ११ हजार भोल्टेजको लाइन चुडिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 नारायणटार चौरमा रहेको विद्युतको ट्रान्सफर्मर विस्फोट हुँदा सिन्धुपाल्चोक तौथली घर भई हाल भक्तपुर बस्ने १९ वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको हो ।

Advertisement

घटनास्थलमा रहेका स्थानीय संचारकर्मी विकाश थापाले दिएको जानकारी अनुसार हाइभोल्टेजको लाइन चुडिएर अर्को लाइनमा सर्ट भएको र घर–घरमा उच्च विद्युत प्रवाह हुँदा यस्तो घटना भएको छ ।

दुर्घटनामा स्थानीयका घरका विद्युत मिटरहरू, टेलिभिजन, विद्युत उपकरणमा क्षति पुग्नुका साथै केही घरमा आगलागी समेत भएको छ ।

थापाको अनुसार स्थानीय एक व्यक्तिको घरमा वायरिङ्गको काम गरिरहेका श्रेष्ठको मृत्यु भएको हो । कति घरमा क्षति भएको भन्ने जानकारी आइसकेको छैन् ।

विद्युत प्राधिकरणको लापरवाहीले दुर्घटना भएको स्थानीयहरूले आरोप लगाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!