बर्दियाको बारबर्दियामा माओवादी विजयी, दुर्गाबहादुर थारु बने मेयर

बर्दियाको बारबर्दियामा माओवादी विजयी, दुर्गाबहादुर थारु बने मेयर

बर्दिया । बारबर्दिया बारबर्दिया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा माओवादी उम्मेदवार दुर्गाबहादुर थारु ‘कबिर’ निर्वाचित भएका छन् । विजयी दुर्गाबहादुरले २ हजार ३ सय ९७ मत अन्तरले एमाले उम्मेदवार रामबहादुर चौधरीलाई हराएका छन् । माओवादीका दुर्गाबहादुरले ११ हजार ४२ र एमालेका रामबहादुर चौधरीले ८ हजार ६४५ मत पाएको मुख्य निर्वाचन अधिकृत छविन्द्र पराजुलीले जानकारी दिए...
संखुवासभाको चैनपुरमा एमालेको जित, भरतकुमार बने मेयर

संखुवासभाको चैनपुरमा एमालेको जित, भरतकुमार बने मेयर

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिकाको मेयर/उपमेरमा एमालेले जित हात परेको छ । मेयरमा एमालेका भरतकुमार खत्री एमाले ५३१७ मतसहित विजयी भए । एमाले १२५ मतले जितेको हो । उनका निकटतम प्रतिद्वन्द्वी शंकरमान कँडेलले ५१९२ मत ल्याएको निर्वाचन अधिकृत मेघनाथ उपाध्यायले जानकारी दिए । यसैगरी उपमेयरमा एमालेकी मुना श्रेष्ठले ५३९८ मत ल्याएर विजय हासिल गरिन् । उनकी निकटत प्रतिद्वन्द्वी कांग्रेसकी अञ्जना लिङ्थ...
सिन्धुपाल्चोक पोखरेवेंसीमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३० घाइते, ४ गम्भीर

सिन्धुपाल्चोक पोखरेवेंसीमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३० घाइते, ४ गम्भीर

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुबारीबाट काठमाडौं जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकलसँग जुध्दा २ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर र ३० सामान्य घाइते छन् । ठूलोसिरुबारीकी गम्भीर घाइते मनकुमारी थापा र अर्का एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मृतकको सनाखत हुन सकेको छैन । बा २ ख २७०२ नम्बरको चालीस यात्रु बो...
रुपन्देहीको शुद्धोधनको मेयरमा एमालेका किशुनचन्द्र विजयी

रुपन्देहीको शुद्धोधनको मेयरमा एमालेका किशुनचन्द्र विजयी

भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमा विजयी एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वर...
बैतडीको पुर्चाैडी नगरपालिकामा माओवादी विजयी,रणबहादुर बने मेयर

बैतडीको पुर्चाैडी नगरपालिकामा माओवादी विजयी,रणबहादुर बने मेयर

  बैतडी । बैैतडीको पुर्चाैडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको हो । मेयरमा माओवादीका रणबहादुर कुँवर ४४४६ मतका साथ विजयी भए । कुँवरले नेपाली नेपाली कांग्रेसका दीपक बमलाई ३३५ मतले पराजित गरेका हुन् । बमले ४१११ मत ल्याएका छन् । उपमेयरमा माओवादी केन्द्रकी जानकी बम विजयी भएकी हुन् । उनले ४९८४ मत ल्याइन । बमकी निकटतम प्रतिद्वन्द्व एमालेकी ज...
करेन्ट लागेर लाहानमा एक महिलाको मृत्यु

करेन्ट लागेर लाहानमा एक महिलाको मृत्यु

लहान । करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिकामा गए राति एक महिलाको मृत्यु भएको छ ।  भुइँमा खसेको बिजुलीको तारबाट अचानक करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका–१२ निवासी ४० वर्षीया लाटी भन्ने लाटी पुलामी मगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको बेला उहाँको घटनास्थलमा नै मृत्यु भएको इलाका विष्णुपुरकट्टीले जनाएको छ ।
नवलपरासीको रामग्राममा कांग्रेस विजयी, नरेन्द्र गुप्ता बने मेयर

नवलपरासीको रामग्राममा कांग्रेस विजयी, नरेन्द्र गुप्ता बने मेयर

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको हो । कांग्रेसका नरेन्द्रकुमार गुप्ताले ५ हजार ८ सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर चौधरीले ४ हजार ५ सय ३० मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा रम्भा कुँवरले ६ हजार ५ सय ८९ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रत...
ताप्लेजुङको फुङलिन नगरपालिकामा एमाले विजयी

ताप्लेजुङको फुङलिन नगरपालिकामा एमाले विजयी

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको एक मात्र फुङलिन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका नगरप्रमुखका उम्मेदवार छत्रपति प्याकुरेलले तीन हजार ८९८ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यसैगरी, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । केन्द्रका उपप्रमुखका उम्मेदवार बमबहादुर भट्टराई (तारा)ले तीन हजार १२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । नपा प्रमुखको प्रतिद्वन्द्वीमा नेकाका केशवप्रसाद ...
सिद्धबाबाको पहिरोले सडक अवरुद्ध, रोकिए सयौं सवारी

सिद्धबाबाको पहिरोले सडक अवरुद्ध, रोकिए सयौं सवारी

काठमाडौं । बुटवल-तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सडक अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सो क्षेत्रमा खसेको पहिरोले सडकमा सयौं सवारी र यात्रु बिचल्लीमा परेका छन् । रुपन्देही लगायतका जिल्लामा हिजो बेलुका देखि अविरल वर्षा भइरहेको छ । सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा, पोखरा, पर्वत, अर्घाखाँची जाने र सो क्षेत्रबाट बुटवल र्फकने यात्रुहरु बिचल्ली मै परेका छन् । अबिरल...
त्रिशूलीमा खसेर एक बेपत्ता

त्रिशूलीमा खसेर एक बेपत्ता

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै एक व्यक्ति चिप्लिएर लड्दा त्रिशूलीमा खसेर बेपत्ता भएका छन् । बिवाहका लागि काठमाडौँबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१ नंको गाडीमा सवार जन्तीसँगै रहेका करिब ४५ वर्षीय रञ्जन चापागार्इं सडकछेउबाट आज चिप्लिएर त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बिहान ५ः४५ मिनेटको समयमा लडेका उनको अवस्था अज्ञान र...
संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको जित, मुरारी खतिवडा भए मेयर

संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको जित, मुरारी खतिवडा भए मेयर

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेकपा एमाललले जितेको छ । एमालेका मुरारी खतिवडाले ५५६५ मत ल्याएर जित हात परेका हुन् । उनका निमटतम प्रतिद्वन्द्वी कांग्रेसका महेश थपलियाले ५हजार १३१ मत पाए । उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी दिगेश्वरी श्रेष्ठ ५ हजार ४९३ मतसहित उपमेयरमा निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला बस्नेत तामाङले ५ हजार २०८ मत ल्याइ...
ताप्लेजुङः फुङलिङ नगरपालिकामा एमाले विजयी

ताप्लेजुङः फुङलिङ नगरपालिकामा एमाले विजयी

  ताप्लेजुङ।  ताप्लेजुङको एक मात्र फुङलिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका छत्रपति प्याकुरेल विजयी हुनुभएको छ । उहाँ ३ हजार ८ सय ९५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले ३ हजार ६ सय ६ मत पाउनुभयो । उपमेयरमा नेकपा माओवादी केन्द्रका बमबहादुर भट्टराई ३ हजार १ सय २९ मत ल्याएर विजयी हुनुभयो । उपमेयरमा एमालेकी बिमला सुब्बाले २ हजार ९ सय १५ मत ...
अछामको मंगलसेनमा सत्तारुढ गठबन्धन एमालेसँग पराजित, बोहोरा बने मेयर

अछामको मंगलसेनमा सत्तारुढ गठबन्धन एमालेसँग पराजित, बोहोरा बने मेयर

मंगलसेन । सत्तारुढ कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले अछाम सदरमुकाम मंगलसेनमा बाजी मारेको छ । मंगलसेन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । मेयर पदमा एमालेका पदमबहादुर बोहरा चार हजार छ सय ९१ मत र उपमेयर पदमा सरिता उपाध्याय चारहजार ९ सय ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनका कांग्रेसका उम्मेदवार चन्द्रप्रसाद...
कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा कांग्रेस र उपमेरमा एमाले

कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा कांग्रेस र उपमेरमा एमाले

  कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका वीरवहादुर सुनार ५१३४ मतसहित निर्वाचित भएका हुन् । उनी एमालेका किशोर लिम्बुलाई ४३७१ मतमा रोक्दै विजयी भएका हुन् । उपमेयरमा एमालेकी चिनी गिरी ५२७१ मत ल्याएर विजयी भएकी छन् । कांग्रेसकी गंगादेवी जोशी ४७१६ मत ल्याएर दोस्रो भइन् ।
धनकुटाको साँघुरीगढी गाउँपालिकामा एमाले विजयी

धनकुटाको साँघुरीगढी गाउँपालिकामा एमाले विजयी

धनकुटा,१८ असार । धनकुटाको साँघुरीगढी गाउँपालिकामा पनि कांग्रेस–संघीय समाजवादी गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमालेका कुमारजंग याखा ४ हजार ४ सय ४९ मतसहित साँघुरीगढीको अध्यक्षमा बिजयी भएका हुन । उनका निकतटम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार जितेन्द्र रुम्दाली राईले ३ हजार ३ सय ३३ मत प्राप्त गरेका छन । १ हजार १ सय १६ मतान्तरले एमाले उम्मेदवार याखा अध्यक्षम...
धनकुटाको महालक्ष्मी नगरमा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटाको महालक्ष्मी नगरमा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटा, १८ असार । धनकुटाको महालक्ष्मी नगरपालिकामा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमाले उम्मेदवार पर्शुराम नेपाल ४ हजार ८ सय ९७ मतसहित महालक्ष्मीको मेयर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस र राप्रपा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार अग्नी प्रसाद पौडेलले ३ हजार १ सय ५६ मत पाएका छन । १ हजार ७ सय ४१ मतान्तरले एमाले उम्मेदवार नेपाल बिजयी भएका हुन । ...
धनकुटा नगरमा एमाले विजयी, चिन्तन तामाङ्ग भए मेयर

धनकुटा नगरमा एमाले विजयी, चिन्तन तामाङ्ग भए मेयर

धनकुटा, १७ असार । धनकुटा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमाले उम्मेदवार चिन्तन तामाङ्ग नगरको मेयरमा बिजयी भएका हुन । उनले ४ हजार ९ सय ३३ मत प्राप्त गरेका छन । यता निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिएका छन । १ सय १४ मतान्तरले एमालेका उम्मेदवार तामाङ्ग धनकुटा नगरको मेयरम...
उदयपुरको उदयपुरगढी गाउँपालिकामा एमाले विजयी

उदयपुरको उदयपुरगढी गाउँपालिकामा एमाले विजयी

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष सहित बहुमत जितेको छ । अध्यक्षमा एमालेका मानवहादुर केप्छाकी मगर ४४२५ मत प्राप्त गरि बिजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै सानुकुमारी राउत ३५३८ मत प्राप्त गरि विजयी भएकी छन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकका जीतवहादुर खड्काले २९८१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा पराजित कांग्रेसकी बिमाकुमारी राईले ३...
ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा कांग्रेसको जित

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा कांग्रेसको जित

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका नवराज केसीले ३ हजार २४१ मत ल्याएर जित हात पारेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घिमिरे २ हजार ७९५ मत ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले जितेका छन् । कांग्रेसकी निर्मलादेवी रैकाले ३ हजार २४५ मत ल्याएर जित हात परेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी कल्पना थापाले ३ हजार...
माओवादीको आधार क्षेत्र रोल्पाको रुन्टीगढीमा एमाले विजयी

माओवादीको आधार क्षेत्र रोल्पाको रुन्टीगढीमा एमाले विजयी

रोल्पा । माओवादीको आधार क्षेत्र रोल्पामा पहिलो पटक नेकपा एमालेले विजयी खाता खोलेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित बहुमत वडामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका बालाराम बुढा ३४०२ मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै छमाया पुन ३४०२ मत प्राप्त गरि विजयी भएकी छन् । रोल्पाकै त्रिवेणी गाउँपालिकामा पनि एमालेले बिजय पाएको छ । तर त्यहाँको मतपर...
धनकुटा नगरको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो मतपरिणाम

धनकुटा नगरको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो मतपरिणाम

धनकुटा, १७ असार । धनकुटा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । ९ नम्बर वडासम्मको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार चिन्तन तामाङ्गले ४६ मतले अग्रता लिएका हुन । उनले ४ हजार ६ सय २३ मत प्राप्त गरेका छन । यता नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राईले ४ हजार ५ सय ७७ मत प्राप्त गरेका छन  । त्यस्तै माओवादी केन्द्रका मेयरका उम्मेदवार गणेश बिष्टले २ हजा...
एउटा कुकुरले पायो स्कुलको जागिर

एउटा कुकुरले पायो स्कुलको जागिर

बेलायत । बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीको रुपमा भर्ना ग्ारेको छ । शोला नामको उक्त कुकुरले फूल टाइम जब पाएको हो । उक्त कर्मचारी कुकुर हरेक बिहान स्टाफ बैठकमा सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ । परीक्षाको बेला विद्यार्थीहरुको तनाव कम गर्नु यो कुकुरको जागिरको मुख्य काम हो । यो कुकुरमा आत्तिएका वा समस्यामा परेका मानिसहरुलाई पहिचान गर्न सक्ने क्षमता रहेको बताइन्छ । स्कु...
इलामको चुलाचुली गाउँपालिकामा एमालले जित्यो

इलामको चुलाचुली गाउँपालिकामा एमालले जित्यो

इलाम । इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिपचन्द्र राईले जितेका छन् । यसरी नै उपाध्यक्षमा एमालेका निर्मला दाहालले जितेकी छिन् । अध्यक्षमा विजयी भएका राईले ३ हजार ३६४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले ३ हजार १४९ मत ल्याएका छन् । यसरी नै उपाध्क्षमा विजयी भएकी दाहालले ३ हजार ४९३ र उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी मिस्त्रको २३...
संखुवासभाको सभापोखरी गाउँपालिकामा एमालेको जित

संखुवासभाको सभापोखरी गाउँपालिकामा एमालेको जित

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका रत्न सुब्बा २ हजार ६० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीम लिम्बूले २ हजार ३ मत मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता दाहाल २ हजार १ सय ५० मतका साथ विजयी भएकी छन् । प्रतिस्पर्धी कांग्रेसकी राधा गौतमले १ हजार ९ सय ३४ मत प्राप्त गरेकी छन् ।
धनकुटाको चौबिसे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटाको चौबिसे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटा, १७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा कांग्रेस र संघीय समाजवादी वीचको गठबन्धनलाई हराउँदै नेकपा एमाले बिजयी भएको छ । एमालेका खजिन्द्र राईले ३ हजार ७ सय ८२ मत प्राप्त गर्दै अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार हर्क चेम्जोङ्गले ३ हजार २ सय ७९ मत प्राप्त गरेका छन । एमालेका राईले गठबन्धनका उम्मेदवार चेम्जोङ्गलाई  ५ सय ३ मत...
पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका जयवहादुर चेम्जोङ ३२२६ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बमप्रसाद लावतीले २००३ मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता आचार्य ३२८५ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाका हितवहादुर अगुवाले ११३९ मत प्राप्त गरेका छन् । यसअघि एमालले हिलिहाङ गाउँपालिका जितेको छ ।
‘हाउ फन्नी’ निर्देशक निलुको निधन

‘हाउ फन्नी’ निर्देशक निलुको निधन

चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ । आज बिहान उनको काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । काठमाण्डौको बालुवाटारमा रहेको आफ्नै निवासमा उनलाई हृदयघात भएको वुझिएको छ । हृदयघात भएपछि उनलाई टिचिङ अस्पताल लगिएको थियो । गतबर्ष चलचित्र ‘हाउ फन्नी’ निर्देशन गरेकी निलु नयाँ चलचित्रको तयारीमा थिइन् ।
आफैले बोकेको हतियारबाट निरीक्षकले गरे आत्महत्या

आफैले बोकेको हतियारबाट निरीक्षकले गरे आत्महत्या

लहान  । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफंैले बोकेको हतियारबाट आत्महत्या गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिनुभयो । उदयुपुरको त्रियुगा नगर...
तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी

तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी

तेह्रथुम । तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा एमालेका यादववहादुर खापुङ १६८३ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउवहावदुर लिम्बुले १४९६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिना १४८६ मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी एमालेकी दिलकुमारी शंकरले १४२० मत प्राप्त गरी ६६ मतको अन्तरमा पराज...
भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी हुनुभएको छ । गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याउनुभएको छ । त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी हुनुभएको छ । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी हुनुभ...
error: Content is protected !!