प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)
काठमाडौं, २ असोज । प्रदेश २ मा सोमबार बिहानैदेखि मतदान सुरु भएको छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा एवं पर्साबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार ती जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
सप्तरीस्थित नागरिकन्युजकर्मी जितेन्द्र झाका अनुसार मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान केन्द्र अाएर बिहान ५ बजेदेखि लामबद्ध भएका थिए।
निर्वाचन कर्मचारीले बिहान ७ बजेपछि मात्र मतदान के...

























