महोत्तरीमा महिलाको विभत्स हत्या
गौशाला, २२ चैत । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं २ बरदाहामा एक महिलाको विभत्स तरिकाले हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मटिहानी नगरपालिका–२ बरदाहाकी २५ वर्षीया पुनमदेवी दास तत्माको विभत्स हत्या भएको हो ।
सोमबार बिहानदेखि घरबाट हराइरहेकी पुनमको मटिहानी नगरपालिका–४ स्थित मटिहानी जनकपुर सडकखण्डको पूर्वतिर सडक छेउको खाल्डोमा हत्या ...




























