अस्ताए एक विकासप्रेमी नेता
नारायणपुर, १० फागुन । दाङको कर्णाली भनेर चिनिने पश्चिम क्षेत्रको विकासको नेतृत्व गर्न शुरु गर्नुभएका सांसद उत्तरकुमार वलीको निधनपछि त्यो क्षेत्र यतिखेर शोकमा छ । माघ २४ गते अपरान्ह भएको कार दुर्घटनापछि अचेत अवस्थामा रहँदै आउनुभएका सांसद वलीको शुक्रबार बिहान काठमाडौँमा उपचारकै क्रममा निधन भएपछि पश्चिम दाङ दुःखित छ ।
विद्यार्थी कालदेखि राजनीतिक यात्रा शुरु गर्नुभएका वली पूर्णकालीन रुपमा राजनीति म...





























