संगालोखबर सम्वाददाता

धनकुटा, ७ फागुन । धनकुटामा बिभिन्न कार्यक्रम गरेर ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । दिवसको अवसरमा प्रभात फेरी, सभा र अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

Advertisement

प्रजातन्त्र दिवस मनाउँन गठित मूल समारोह समितिको आयोजनामा स्थानीय मदन चौकबाट शुरु भएको प्रभातफेरीले धनकुटा बजारको परिक्रमा गर्यो । बजार परिक्रमा पश्चात देव्रेवास स्थित जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभा तथा ‘लोकतन्त्र र निर्वाचन’ विषयक अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा मूल समारोह समिति संयोजक एवं जिसस प्रमुख टंकवहादुर चुवान, धनकुटा नगरपालिकाका उपमेयर सकुन्तला वस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, नेकपा नेता भीम राई, कांग्रेस सचिव विजय सन्तोषी राई, गैसस महासंघका अध्यक्ष मिनप्रसाद सुवेदी लगायतले लोकतन्त्र सवै नागरिकको जिवन प्रद्धतीसंग गासिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख केवलप्रसाद रेग्मीले निर्वाचन सम्वन्धी कार्यपत्र प्रस्तुत गरेको कार्यक्रम सञ्चालक जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत सिताराम गौतमले जानकारी दिए ।

कार्यक्रममा विभिन्न संघ–संस्था तथा सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, सर्वसाधरण लगायत सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!