एजेन्सी । बेलायती एक कम्पनी कम समयमै सजिलसँग फोल्ड गर्न सकिने साईकल बजारमा ल्याएको छ । यसअघि बजारमा रहेको ‘ब्रम्प्सन बाइसाइकल’ कै रुप र आकारलाई थप मोडिफाइ गर्दै ‘गोसाईकल’ ले नयाँ साइकल उपभोक्ता माझ पस्केको हो । ‘गोसाईकल जिएक्स’ नाम दिइएको यो एउटा पूर्ण विद्युतीय बाईसाईकल हो ।

Advertisement

यो साईकललाई एक पटक मात्र फोल्ड गरेपछि सजिलै जहाँसुकै पनि लान मिल्छ। घर या कार्यालयको थोरै स्थानमा यसलाई पार्किङ गर्ने सकिने गरि डिजाइन गरिएको छ। धेरै ठाउँ नओगट्ने भएकाले कर्मचारीहरुलाई यसमा यात्रा गर्न सजिलो हुने दाबी कम्पनीको छ।

निर्माता कम्पनीका अनुसार यो साईकललाई करीब २० माईलप्रतिघन्टा (एमपीएच) को अधिकतम बेगमा गुडाउन सकिन्छ। एक पटक चार्ज गरेपछि ४० माईल्स (६५ किलोमिटर) को यात्रा यसबाट सजिलै गर्न सकिनेछ। यति मात्रै होइन, चार्ज सकिएको अवस्थामा पेडल पनि दिन मिल्ने खालको सुविधा छ।

रातभरी चार्जमा छाडेर बिहानै आफ्नो गन्तव्यमा पुग्नका आफ्ना साथी बनाउन सकिन्छ। यसमा प्रयोग गरिएको शक्तिशाली लिथियम ब्याट्रीका कारण मात्र ७ घन्टामा यो पूर्ण चार्ज हुन्छ। उपभोक्तामैत्री यो बाइकको पार्टहरु हलुका धातुहरुबाट बनाइएको छ। खासगरी यसको पाङग्रा म्याग्नेसियम मिश्रित धातुबाट निर्माण गरिएको छ।

यो साईकलको तौल करीब १७ दशमलव ८ किलोग्राम मात्रै छ। यसमा जडान गरिएको एपबाट आफूले पार गरेको दूरी र उक्त दूरी पार गर्न कति क्यालोरी खपत भयो भन्ने जानकारी पनि लिन सकिन्छ। यो साईकललाई मात्र सात सेकेण्डमै फोल्ड या मोड्न सकिन्छ। लुगाफाटा र लगेजसहित सय किलोग्रामसम्मको तौल यो ई–बाइकले सजिलै धान्न सक्छ।

अप्ठेरो बाटाहरुमा यसलाई फोल्ड गरेर सजिलै बोकेर लान पनि मिल्छ। फोल्ड गरेपछि एउटा ट्राभल सुटकेस झै गुडाएरै समेत लग्न मिल्छ। यो साइकल ‘गोसाइकल’को तेस्रो सदस्य हो। यसअघि कम्पनीले ‘गोसाइकल जीएस मोडल’ र ‘सुपरचार्जड गोसाइकल जीथ्री’ ल्याइसकेको छ। गोसाइकका संस्थापक रिचार्ड थर्पेले भने, ‘हाम्रो पछिल्लो जीएक्स मोडेल साँच्चिकै स्टाइलिस र हलुका छन्, बाटो राम्रो नभएको या चलाउन मन नलागेको अवस्थामा यसलाई फोल्ड गरेर सजिलै डोर्याउन मिल्ने गरी बनाइएको छ। ’

उनले यो बाईसाइकलेले साँच्चीकै दैनिक यात्रालाई सजिलो बनाउने विश्वास आफ्नो रहेको बताए। ‘यो हाम्रो स्वास्थ्यका लागि पनि उपयोगी र सहरी जीवनशैलीलाई थप सुगमताका साथ दिगो बनाउनमा सहयोगी बन्न सक्छ ’ उनले थपे।

कम्पनीले यो मोडेल प्रि–अर्डरमा हालका लागि बेलायतमा उपलब्ध गराउने जनाएको छ। यसको मूल्य २ हजार ८ सय ९९ पाउण्ड निर्धारण गरिएको छ। भिडभाड भएको बसमा यात्रा गर्दा खेप्नु पर्ने सास्तीलाई यसले कम मात्रै गर्दैन , अनावश्यक रुपमा सडकमा हुने ट्राफिक जामको झनझटबाट पनि मुक्ति दिलाउने कम्पनीले जनायो।

पैसा र समय दुवैको बचत गर्न यो गोसाइकल जिएक्सले उपभोक्तालाई सहयोग गर्ने दाबी गरिएको छ। अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार यसअघि विश्वकै चर्चित आइकोनिक फोल्डिन बाइक बनाउने बेलायतको लण्डनमा मुख्यालय रहेको कम्पनिले ‘ब्रम्पसन बाइकल’ बनाएको थियो। उक्त बाइकले पनि खुबै चर्चा पाएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!