स्न्यापच्याट, इन्स्टाग्राम तथा टिकटक जस्ता सोसल मिडिया प्लेटफर्मले फेसबुकलाई टक्कर दिइरहेका छन् । युवाहरूलाई आकर्षित गर्न फेसबुकले एलओएल अर्थात लाफिङ आउट लाउडका लागि कार्य गरिरहेको छ । यसमा मिम, जीआइएफ र रमाइलोले भरिएको छोटो भिडियो सेयर गर्न सकिनेछ ।

Advertisement

यसबाट फेसबुकले युजरहरूलाई रमाइलो तरिकाले हँसाउन सहयोग गर्नेछ । फेसबुकले यसका लागि गोप्य रूपमा तयारी गरिरहेको बताइएको छ । हाल यसको परीक्षण अमेरिकी हाइस्कुलका विद्यार्थीहरूबीच भैरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!