शेयर बजार : दोहोरो अङ्कले घट्यो

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १२ फागुन । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ ल...
भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

गुवाहाटी, भारत, १२ फागुन । थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ । भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबार देखि सुरु भएको थियो । स्थानीय सञ्चारमाध्...
एकैचोटी धेरै विद्यार्थी बिरामी

एकैचोटी धेरै विद्यार्थी बिरामी

रुकुम (पूर्व), १२ फागुन । रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् । आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताउनुभयो । बिहीबार...
अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १२ फागुन । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ने...
भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन

भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन

वीरगञ्ज, १२ फागुन । सरुहठ्ठा–९ रौतहटका किसान मो. उस्मानले उत्पादन गर्नुभएको गोलभेडा बिकाउन नसक्दा यसवर्ष उहाँ आर्थिक मारमा पर्नुभएको छ । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातका कारण उहाँको व्यापरमा प्रत्यक्ष असर परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेडको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूभि मानिएको सर्लाहीमा यसवर्ष गोलभेडा...
जबर्जस्ती करणीका अधिकांश पीडक पक्राउ

जबर्जस्ती करणीका अधिकांश पीडक पक्राउ

चितवन, १२ फागुन । जिल्लामा भएका जबर्जस्ती करणीका अधिकांश पीडकहरु पक्राउ गर्न प्रहरी सफल भएको छ । जबर्जस्ती करणीका घटना बढ्दै गएपछि त्यस्ता अपराधी माथि तत्काल निगरानी गरी अनुसन्धान तीब्र गर्ने गरेकाले पीडक पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार साउनयता जिल्लामा जबर्जस्ती करणीका ३१ घटना भएका छन् । यी घटनामा ३७ जना पीडक पक्राउ परेका छन् । गत...
४८ हजार चालकलाई प्रशिक्षण

४८ हजार चालकलाई प्रशिक्षण

काठमाडौँ, १२ फागुन । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७/८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त अभियान सञ्...
आकर्षणको केन्द्र बन्दै भोजपुरको ‘महभीर झर्ना’

आकर्षणको केन्द्र बन्दै भोजपुरको ‘महभीर झर्ना’

भोजपुर, १२ फागुन । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झर्नाबाट झ...
रेमिट सहकारीका सदस्यले नोबेल अस्पतालमा उपचार सहुलियत पाउँने

रेमिट सहकारीका सदस्यले नोबेल अस्पतालमा उपचार सहुलियत पाउँने

विराटनगर, १२ फागुन । मोरङको ग्रामथान–२ झोराहाट स्थित रेमिट बचत तथा ऋण सहकारी सस्थाका सदस्यहरुले नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा सहुलियत पाउँने भएका छन् । सहकारीका सदस्यहरुलाई १५ प्रतिशत सहुलियत उपलब्ध गराउँने गरी अस्पताल र सहकारीबीच सम्झौता भएको हो । नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा र सहकारीका अध्यक्ष उमा घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो सहकारीमा ९ सय भन्दा ब...
कुस्मा–बलेवा यान्त्रिक पुल बन्द

कुस्मा–बलेवा यान्त्रिक पुल बन्द

पर्वत, १२ फागुन । कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । पर्...
‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर

‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर

ललितपुर, १२ फागुन । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो ।...
विकासमा लापरवाही : सवस्टेशनको निर्माण सक्न एघार वर्ष

विकासमा लापरवाही : सवस्टेशनको निर्माण सक्न एघार वर्ष

काठमाडौँ, १२ फागुन । सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेशन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ । सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३/११ किलोभोल्ट क्षमताको सवस्टेशनको निर्माण सम्पन्न गर्न करीब ११ वर्ष लागेको प्राधिकरणले जनाएको छ । विसं २०६४ असार २५ गते निर्माण शुरु ...
२०७५ फागुन १२ गते आइतबार/आजको राशिफल

२०७५ फागुन १२ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन १२ गते। आइतबार। इश्वी सन् २०१९ फेब्रुवरी २४ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्...
पानी पिउन तामाकै भाडा किन ?

पानी पिउन तामाकै भाडा किन ?

एजेन्सी । आयुर्वेदमा पञ्चधातुको भाडामा पकाएको वा राखेको खाना खाँदा मावन शरीरमा फाइदा पुग्ने तथ्य उल्लेख गरिएको छ । जुन तथ्यलाई विज्ञानले पनि स्वीकार गरेको छ । पुराना रितिरिवाजको पालना गर्दा पञ्चधातुहरुको विभिन्न ठाउँमा प्रयोग गर्नैपर्ने नियम रहेको छ । जसमा तामा मूख्य मानिन्छ । देवीदेवताका लागि गरिने विभिन्न पाठपूजा तथा दानधर्ममा तामाको भाडाको प्रयोग गर्नुपर्छ । तर, कमलाई मात्र थाहा छ कि तामाका ...
गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

काठमाडौँ, ११ फागुन । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिक...
भद्रगोलको कब्जामा ट्रेन्डिङ १

भद्रगोलको कब्जामा ट्रेन्डिङ १

आफुसँग सम्बन्धित भिडियो युट्युवमा ट्रेन्डिङ वानमा आयो भने नेपालका नम्बर वान कहलिएका कलाकारहरु मख्ख पर्छन् । स्टाटस शेयर गर्छन । यसबारेमा मिडियामा समाचार समेत बन्छन् । पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृङ्खला भद्रगोलका अधिकांस एपिसोड ट्रेन्डिङ वानमा पर्ने गरेका छन् तर मिडियामा समाचार बन्दैनन् । हाँस्य टेलिश्रृखलाहरु धमाधम बन्द भैरहेका बेला पछिल्लो समय उदाएको भद्रगोलले निकै...
अपाङ्गता भएकी युवती बलात्कृत आरोपमा  दुईलाई पक्राउ

अपाङ्गता भएकी युवती बलात्कृत आरोपमा दुईलाई पक्राउ

सप्तरी, ११ फागुन । बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहर...
जवान रहन साङ्लाको दूध

जवान रहन साङ्लाको दूध

एजेन्सी । आजसम्म तपाईंले गाई, भैँसी, बाख्रा लगायतका जनावरको दूध पिउनु भएको होला । प्रोटिन लगायतका विभिन्न पोषक तत्व हुने दूधलाई निकै गुणकारी खानेकुरा मानिन्छ । स्तनधारीको दूध हुनु स्वभाविकै हो । तर के तपाइँले कुनै किट पतङ्गको दूधको बारेमा सुन्नुभएको छ ? अझ किराको दूध गाईको दूध भन्दा पनि धेरै फाइदाजनक हुन्छ भन्ने सुन्दा सायद पत्याउनु हुन्न होला । हो, यो दुनियामा एउटा यस्तो प्रजातिको साङ्ला छ, ज...
सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च

सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च

सामसङले बुधबार आफ्नो पहिलो फोल्डेबल र फाइभजी स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको छ । पछिल्लो थुप्रै महिनादेखि यसको चर्चा भइरहेको थियो । ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ हो । ग्यालेक्सी फोल्ड चार रंगमा पाइन्छः ग्यालेक्सी फोल्डमा ६ वटा क्यामरा – एउटा फ्रन्ट, तीनवटा ब्याक र दुई भित्...
विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

गुवाहाटी, भारत, ११ फागुन । भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन् । मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको बताइएको छ । यो बाहेक भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ता भित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । “हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार गोलाघाटमा गत बिह...
चोरीका मोबाइलसहित चार पक्राउ

चोरीका मोबाइलसहित चार पक्राउ

साँखु, ११ फागुन । महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक गरी १८ वर्ष मुनिका चार रहेका महानगरीय प्रहरी वृत बौद्...
प्रधानमन्त्रीद्वारा जन्मदिनको अवसरमा वृक्षारोपण

प्रधानमन्त्रीद्वारा जन्मदिनको अवसरमा वृक्षारोपण

काठमाडौँ, ११ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोप्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँले स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोप्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोप्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर ...
२०७५ फागुन ११ गते शनिबार/आजको राशिफल

२०७५ फागुन ११ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन ११ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर...
टाउको दुखाईबाट तुरुन्त आराम पाउन  ६ उपाय

टाउको दुखाईबाट तुरुन्त आराम पाउन ६ उपाय

एजेन्सी । टाउको दुखाईबाट धेरै जना पीडित हुने गर्छन् । चिन्ता, कामको चाप तथा विभिन्न वाह्य कारणले टाउको दुखाई हुने गर्छ । जसले हाम्रो दैनिक जीवनयापनमा नराम्रो असर पारिहेको हुन्छ । टाउको शरीरको संवेदनशील अंग हो । त्यसैले टाउको दुखाईलाई सामान्य रुपमा लिन नहुने डाक्टरहरु बताउँछन् । सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै ‘पेन किलर’ खाने गर्छन् । सामान्य दुखाईमा नै ‘एन्टिवायोटिक’को प्रयोग गर्दा य...
भव्य एक्सनमा १ हजार जनासँग लड्दै रामचरण

भव्य एक्सनमा १ हजार जनासँग लड्दै रामचरण

'बाहुबली' सिनेमापछि विश्व मानचित्रमा भारतिय सिनेमाका अनुहार बनेका एसएस राजामौलीको आगामी सिनेमा 'आरआरआर' निर्माण घोषणा भएसँगै चर्चामा छ। सिनेमामा समकालिन दुई स्टार राम चरण र जुनियर एनटिआरको टिमअप भएपछि सिनेमालाई लिएर ठूलै कौतुहलता उठिसकेको छ। सिनेमाले १० दिनको सुटिङ गत डिसेम्बरमा सकिसकेको छ। यसै सिनेमाको दोश्रो चरणको सुटिङ रामा राव स्टुडियोमा सुरू भइसकेको छ। सिनेमाको एक एक्सन सिनमा अभिनेता राम च...
यी हुन् दुनियाँकै तीव्र गतिका बालक

यी हुन् दुनियाँकै तीव्र गतिका बालक

एजेन्सी ।  सात वर्षका एक बालकले विश्वमै सबैभन्दा तिव्र गतिका बाल धावकको कीर्तिमान हासिल गरेका छन् । १३ दशमलब ४८ सेकेण्डमा १ सय मिटर दौड पूरा गरी रुडोल्फ इन्ग्राम नामका बालकले कीर्तिमान कायम गरेका हुन् । ज्वाला अर्थात् ब्लेज उपनामले चर्चित ती बालकको बिजुलीसरी तीव्र गतिको दौडको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । अमेरिकाको फ्लोरिडाका ती बालकले ६ महिना अघि अमेरिकाको एक फुटबल खेलका दौरान डिफेन...
ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

काठमाडौँ, १० फागुन । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ती उद्योगमध्ये तीन उद्योग सौर्य ऊर्जासँग सम्बन्धित भएका र तीनको क्षमता १७ दशमलव पाँच म...
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो ...
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन

जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन

काठमाडौँ, १० फागुन ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एयरबस ए ३२० को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ । समितिमा आज भएको छलफलमा सभापति भरतकुमार शाहले यस सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि बोलपत्र खुल्ला नगर्न निर्देशन दिनुभएको हो । बोलपत्र आजै खोल्ने निगमको कार्यतालिका थियो । बैठकमा सांसदहरुले कम मूल्यमा बो...
वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु

वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु

काठमाडौँ, १० फागुन । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् । महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् । सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।...
छिटफुट वर्षाको सम्भावना

छिटफुट वर्षाको सम्भावना

काठमाडौँ, १० फागुन । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मध्यान्न पछि मेघगर्जन सहित छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । उहाँका अनुसार यसको प्रभाव आज मात्र कायम रहने ...
error: Content is protected !!