काठमाडौँ, ७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान बागचौर नगरपालिका–५ बाङ्गेलाकुरी बजारमा विद्युत् लाइन तान्ने कार्यमा रु दश लाख बराबरको भ्रष्टाचार गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement

सांसद विकास कोषबाट रु दश लाख र साबिक शिवरथ गाविसबाट रु पाँच लाख गरी कूल १५ लाख बजेट प्राप्त भएकामा रु पाँच लाखको मात्रै पोल गाडी रु १० लाख भ्रष्टाचार गरेको आयोगको आरोप छ । आयोगले उपभोक्ता समितिका तत्कालीन अध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव वीरेन्द्र ओली र कोषाध्यक्ष त्रिपुरा वलीले फर्जी कागज बनाई हिनामिना गरेको पाइएको अध्ययनबाट देखिएको उल्लेख गरेको छ ।

उपभोक्ता समितिले २३ थान १० एमएम र ४६ थान आठ एमएम गरी कूल ६९ थान विद्युत् पोल निर्माण योजनामा प्रयोग गर्नुपर्नेमा ३० थान आठ एमएमको पोल मात्र प्रयोग गरी भुक्तानी दिएको पाइएको छ । भुक्तानीका लागि गलत कागजात बनाई सरकारी सम्पत्तिको दुरुपयोग गरेको पाइएकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले जिल्ला मालपोत कार्यालय इनरुवामा जग्गा किनबेच गर्दा लाग्ने राजश्वभन्दा रु ४५ लाख कम रकम लिई लेखापढी व्यवसायीको समेत मिलेमतोमा राजश्व छली गरेको अभियोगमा जग्गाधनीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जग्गाधनी कुन्तादेवी श्रेष्ठ, जग्गा खरीदकर्ता पद्मा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेल, नापी सर्वेक्षक अमरकुमार झासँग मिलेमतो गरेको पाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!