संगालोखबर सम्वाददाता

विराटनगर, ९ फागुन । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले गरिब तथा जेहन्दार छात्रछात्रालाई बिद्यालय पोशाक वितरण गरेका छन् । मोरङको पथरीशनिश्चरे स्थित सिंहबाहिनी माध्यमिक बिद्यालय, हिरक आधारभुत बिद्यालय र जालपा सिंहदेवी आधारभुत बिद्यालयका दुई सय भन्दा बढी बिद्यार्थीलाई पोशाक बितरण गरिएको हो ।

Advertisement

समाजसेवामा सक्रिय डा.शर्माले बिद्यालयमै पुगेर गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् । डा.शर्माले जालपा सिंहदेवी बिद्यालयका कक्षा १ देखि ४ सम्मका ८४ जना बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरे । त्यस्तै हिरक आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ७१ जना बिद्यार्थी र सिंहबाहिनीका कक्षा १ देखि ७ सम्मका ४७ जना छात्रछात्रालाई बिद्यालय पोशाक प्रदान गरेका हुन् ।

तीन वटै बिद्यालयसँगको समन्वयमा गरिब तथा जेहन्दार छात्रछात्रा छनौट गरी बिद्यालय पोशाक प्रदान गरिएको हो । सोहि क्रममा बोल्दै डा.शर्माले बिद्यार्थीहरुलाई पोशाक प्रदान गर्दा आफुलाई खुशी लागेको प्रतिक्रिया दिदै गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पोशाक पाएपछि बिद्यार्थीहरु पनि हर्षित भए । समाजिक सेवाका क्षेत्रमा क्रियासिल डा.शर्माले गाउँ–गाउँका गरिब तथा जेहन्दार बिद्यार्थीलाई सहयोग गरेको भन्दै सिंहबाहिनी माविका प्रधानाध्यापक जगतमणी गौतमले धन्यवाद ज्ञापन गरे ।

गाउँ–गाउँका गरिव तथा बिपन्न बिरामीलाई खोजी–खोजी निःशुल्क उपचार गर्दै आएका डा.शर्माले गरिब तथा जेहन्दार बिद्यार्थीलाई पनि शैक्षिक सामाग्री प्रदान गर्दै आएका छन् । उनले यसअघि पनि सयौं बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!