वालिङ, ८ फागुन ।  विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार रहेका ती प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा त्यसअन्तर्गतका प्रहरी एकाइबाट परिचालित प्रहरीले पक्राउ गरेको हो ।

चालू आर्थिक वर्षमा मात्रै प्रहरीले सार्वजनिक अपराध मुद्दाअन्तर्गत पाँच, बहुविवाहमा पाँच, कर्तव्य ज्यान मुद्दामा चार, अंशवण्डामा दुई तथा जर्बजस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध र ठगीमा एक/एक फरार प्रतिवादीलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!