पर्वत, ८ फागुन । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!